Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वैदेशिक रोजगारी त्यागेर भैँसी पालनमा जमेका भुर्तेल 'उत्कृष्ट कृषक' सम्मानित

वैदेशिक रोजगारी त्यागेर भैँसी पालनमा जमेका भुर्तेल 'उत्कृष्ट कृषक' सम्मानित

  • PNN Times
  • शुक्रवार, बैशाख २५ २०८३


  • वैदेशिक रोजगारी त्यागेर भैँसी पालनमा जमेका भुर्तेल 'उत्कृष्ट कृषक' सम्मानित

    कुश्मा, पर्वत - लामो समय वैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा पसिना बगाएका पैयूँ-५, पर्वतका नारायण प्रसाद भुर्तेल यतिबेला आफ्नै जन्मभूमिमा सफल उद्यमीका रूपमा चिनिन थाल्नुभएको छ । "स्वदेशमै केही गर्नुपर्छ" भन्ने दृढ संकल्पका साथ गाउँ फर्किएर व्यावसायिक भैँसी पालन सुरु गर्नुभएका भुर्तेललाई कृषि विकास कार्यालय, पर्वतले 'उत्कृष्ट कृषक' सम्मान प्रदान गरेको छ ।

    हाल भुर्तेलको फार्ममा १५ वटा उन्नत जातका भैँसी रहेका छन् । वैदेशिक रोजगारीबाट फर्केपछि कृषि र पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएका कारण उनलाई जिल्लाकै नमुना कृषकको रूपमा सम्मान गरिएको हो।

    कार्यक्रममा बोल्दै  कृषि विकास कार्यालय, पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले 
    नारायण जीले विदेशको अनुभवलाई स्वदेशको माटोमा जोड्नुभएको छ। १५ वटा भैँसी पालेर उहाँले देखाउनुभएको यो सक्रियताले पर्वतलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन ठूलो टेवा पुग्नेछ।" 

    त्यस्तै कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले "वैदेशिक रोजगारीबाट फर्केर आफ्नै ठाउँमा उद्यमी बन्नु चानचुने कुरा होइन। भुर्तेलको यो मेहेनतले 'श्रमको सम्मान' गर्ने संस्कृतिको विकास गरेको छ। उहाँ अन्य युवाहरूका लागि मार्गदर्शक बन्नुभएको छ।"

    जिल्ला समन्वय समिति, पर्वतका प्रमुख विष्णुराम वि.क.ले
    "जिल्लाको गौरव र कृषि क्रान्तिका लागि भुर्तेल जस्ता इमानदार कृषकको खाँचो छ। उहाँको व्यवसाय विस्तारमा राज्यका तर्फबाट आवश्यक समन्वय र प्रोत्साहन सधैं रहनेछ।"

    उत्कृष्ट कृषकको सम्मान पाएपछि उत्साहित हुँदै नारायण प्रसाद भुर्तेलले भन्नुभयो: "लामो समय विदेशमा अरूको काम गरियो, तर ढिलो गरी बुझियो कि आफ्नै माटोमा पसिना बगाउनुको छुट्टै आनन्द छ। अहिले १५ वटा भैँसीको स्याहारमा व्यस्त रहँदा आत्मसन्तुष्टि मिलेको छ। यो सरकारी सम्मानले मलाई कृषि पेशामा थप जिम्मेवार र उत्साहित बनाएको छ। आगामी दिनमा यसलाई अझै विस्तार गर्ने योजनामा छु।"
    भुर्तेल सहित बिहादी गाउँपालिकाका रिषि भुसाललाई  र प्रदान गरिएको यो सम्मानले वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवाहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

    शुक्रवार, बैशाख २५ २०८३०९:१३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend