Logo

शनिवार, कार्तिक १ गते २०८३

images

उपकार सहकारी : साढे ४ करोड भन्दा धेरै मुनाफा गर्न सफल

उपकार सहकारी : साढे ४ करोड भन्दा धेरै मुनाफा गर्न सफल

  • गोपाल जिटी
  • आइतवार, पौष १० २०७९


  • उपकार सहकारी : साढे ४ करोड भन्दा धेरै मुनाफा गर्न सफल

    गण्डकी प्रदेशकै प्रतिष्ठित उपकार सहकारीको ३० औं वार्षिक साधारणसभा सुरु भएको छ । स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधारणसभा १० गते आइतबारदेखि सुरु भएको हो । सहकारीले वालिङ नगरपालिकाको वालिङ—८ वालिङ, १३ को बायँटारी, कालिगण्डकीको मिर्मी, चापाकोट नगरपालिकाको दामाचौर गरी ४ स्थानमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । यसैगरी वालिङ ७ को केवँरेमा सदस्य सम्पर्क कार्यालय मार्फत शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
    सहकारीले आइतबार चापाकोट नगरपालिका वडा नम्वर ८ को दामाचौर सेवाकेन्द्र र वालिङ ७ को केवरेमा सञ्चालित सदस्य सम्पर्क कार्यालयमा गरी दुवै ठाउँमा एकैसाथ ३० औं वार्षिक साधारणसभाको सुरु गरेको हो । दामाचौर सेवाकेन्द्रमा साधारणसभाको उद्घाटन गर्दै चापाकोट नगर प्रमुख देवबहादुर खाँड ( ईश्वर ) ले सर्वसाधारण नागरिकहरुका लागि आर्थिक कारोवार गर्न सहकारी संस्था धेरै सजिलो माध्यम भएको बताउनुभयो । नगर प्रमुख खाँणले उपकार सहकारीले दामाचौर सेवाकेन्द्र सञ्चालन गरेपछि आर्थिक कारोवारमा धेरैलाई  सहजता प्रदान गरेकोमा सराहना गर्नुभयो । यसै खर्च भएर जाने स सानो रकमलाई जम्मा पारेर पूँजीकारुपमा परिचालन गर्ने सहकारी संस्था भएको उहाँको भनाई छ । उहाँले धेरै सहकारीहरु बचत तथा ऋणमा मात्र केन्द्रित भएको उल्लेख गर्दै त्यसो नगर्न र स्थानीय उद्यमशीलतामा जोड दिन आग्रह गर्नुभयो । सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई आयमूलक क्षेत्रमा लाग्न प्रेरित गरी जीविकोपार्जनमा क्रियाशील हुने वातारवरण सिर्जना गनुपर्ने नगर प्रमुख खाँडको भनाई छ ।
    पौष ११ गते सोमबार कालिगण्डकीको मिर्मी सेवाकेन्द्रमा, १२ गते वालिङ १३ को बायँटारी र वालिङ सेवाकेन्द्रमा इकाई साधारणसभा गर्ने सहकारीले जनाएको छ । 
    यसैगरी १४ गते विहिबार मुख्य कार्यालय वालिङमा इकाई प्रतिनिधिहरुको सभा तथा समापन कार्यक्रम गरी साधारणसभा सम्पन्न गरिने संस्थाका अध्यक्ष भरतप्रसाद बगालेले बताउनुभयो । 
    २०५० सालमा २७ जनाले रु.२७ सय पूँजीबाट सुरु भएको सहकारीमा अहिले कूल ८ हजार ९ सय ३६ जना शेयर सदस्य छन् । यसमध्ये १ हजार ४ सय ४४ जना बाल सदस्यसमेत रहेका छन् । संस्थाले गएको असार मसान्तसम्म ७ करोड ४६ लाख ६७ हजार ५ सय शेयर पुँजी र ७८ करोड ५६ लाख ३ हजार १ सय ९ रुपैयाँको कारोवार गरेको संस्थाका अध्यक्ष बगालेले उल्लेख गर्नुभयो । 
    सहकारीले यो आर्थिक वर्षमा ४ करोड ३६ लाख ६५ हजार ८ सय ३९ रुपैयाँ मुनाफा गरेको संस्थाका कोषाध्यक्ष गोकर्ण भट्टराईले जानकारी गराउनुभयो ।संस्थाले जिल्लाका ४ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ७ वटा पालिकालाई समेटेको छ । जसमा वालिङ, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका रहेका छन् भने गाउँपालिकाहरुमा कालिगण्डकी, बिरुवा र हरिनाससम्म कार्यक्षेत्र विस्तार गरेको छ । कार्यक्रममा असल कारोवार गर्ने शेयर सदस्य, नियमित बाल बचत गर्ने बालबालिका र उत्कृष्ट सेवा गरे वापत कर्मचारीहरुलाई पुरस्कृत तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    आइतवार, पौष १० २०७९०८:५६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend