Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा रोट्र्याक्ट क्लव गठन,संयोजकमा पाठक

वालिङमा रोट्र्याक्ट क्लव गठन,संयोजकमा पाठक

  • मोहन सुनार
  • मंगलवार, पौष १२ २०७९


  • वालिङमा रोट्र्याक्ट क्लव गठन,संयोजकमा पाठक


    पौष १२,वालिङ ।स्याङ्जाको वालिङ नगरपालिकामा रोट्र्याक्ट क्लव गठन भएको हो । वालिङमा एक कार्यक्रमका बीच किशोर पाठकको संयोजकत्वमा क्लव गठन गरिएको हो । गठित क्लवमा २८ जना सदस्य रहेका छन् ।कमिटिको उपाध्यक्षमा मालारानी थापा क्षेत्री ,सचिव गणेश डुम्रे र सहसिचवमा बिना रेग्मी रहेका छन् ।
    यसैगरी क्लवको अर्थ संयोजकमा मिलन अर्याल, अर्थ सहसंयोजकमा ममता पाण्डेय चयन भएका छन् । मङ्गलबार गठन गरिएको क्लवको  सर्भिस चेअरमा बबिन पाठक, कम्युनिटी सर्भिस चेअरमा बिन्दु पाठक, मेम्बरसीप चेअरमा अनिशा तिवारी, टीआरएफ चेअरमा कविता पाठक, पब्लिक इमेज चेअरमा दिवस न्यौपाने,सर्जेन्ट एट आम्समा रबिन डुम्रे तथा इडिटरमा प्रदिप भण्डारी चयन भएका छन् ।

    320785480_534957151908505_2688513310314463918_n.jpgरोटरी क्लव  वालिङको आयोजनामा गठित क्लवका अध्यक्ष किशोर पाठकले रोटरी इन्टरनेशनलको मूल्य र मान्यताका आधारमा समाज सेवा गर्ने बताउनुभयो । 
    क्लव  गठन कार्यक्रममा रोटरी क्लव वालिङका अध्यक्ष सीता पाण्डे डुम्रेले रोटरी क्लव विशुद्ध समाजसेवामा तल्लिन संस्था भएको उल्ल्ेख गर्दै नव गठित क्लवलाई मानवसेवामा समर्पित हुन अनुरोध गर्नुभयो ।

    images

    320363600_1166785807372199_6092022725931908054_n.jpg
    उहाँले रोटरी क्लव वालिङले समाजका दीनदुःखीहरुको सेवाको लागि विभिन्न कार्यक्रमहरु गरेको स्मरण गर्दै दुःखको बेलामा आम नागरिकले रोटरी क्लवलाई सम्झने गरी काम गर्न सुझाव दिनुभयो ।
    सन् २०१६ मा वालिङमा स्थापना भएको रोटरी क्लव अफ वालिङले विद्यालयहरुमा किशोरी मैत्री वातावरणमा शैक्षिक क्रियाकलापमा सहयोग,वातावरणीय संरक्षणको लागि वृक्षारोपण कार्यक्रम, लैङ्गिक समानताको कार्यक्रमहरु गर्दै आएको छ । त्यस्तै फरक क्षमता भएकाहरुको लागि ह्विलचेअर प्रदान, रक्तदान ,विभिन्न समयमा स्वास्थ्य शिविरहरु सञ्चालन, घरेलु हिंसा तथा लागू पदार्थ दुव्र्यसनी विरुद्धका कार्यक्रम लगायतका कामहरु गर्दै आइरहेको छ । 

    मंगलवार, पौष १२ २०७९०९:१५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend