Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सहकारीलाई उत्पादनमा जोड्ने कामको थालनी गरेको हो—पूर्वमन्त्री अर्याल 

सहकारीलाई उत्पादनमा जोड्ने कामको थालनी गरेको हो—पूर्वमन्त्री अर्याल 

  • गोपाल जिटी
  • शनिवार, पौष १६ २०७९


  • सहकारीलाई उत्पादनमा जोड्ने कामको थालनी गरेको हो—पूर्वमन्त्री अर्याल 

    पौष १६,वालिङ । नेपाल सरकारका पूर्वमन्त्री पद्मा अर्यालले आँफू मन्त्रालयको जिम्मेवारीमा रहेका बेला सहकारीलाई उत्पादनमा जोड्ने कामको थालनी गरेको बताउनु भएको छ । शनिबार स्याङ्जाको वालिङमा सञ्चालित अकला साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा सम्वोधन गर्दै पूर्वमन्त्री अर्यालले गरिखाने किसानले फाइदा पाउनुपर्छ भनेर सहकारीका माध्यमबाट कृषि औजार खरिदमा भन्सार छुटको व्यवस्थासहित उत्पादनमा जोडिने कामको थालनी गरेको बताउनुभएको हो । देशमा ३४ हजार सहकारी संस्था थिए, कति सहकारी मूल्य र मान्यता अनुसार चलेका थिए त कतिपय सीमित व्यक्तिको फाइदामा केन्द्रित थिए । सहकारी नियमावली जारी गरेर गल्ती गर्नेलाई कार्यवाही र ठीक ढङगले काम गर्नेलाई पुरस्कृत हुनुपर्ने भनेर शेयर सदस्यको सुरक्षणका पक्षमा काम गरेको पूर्वमन्त्री अर्यालले व्यक्त गर्नुभयो ।
    उहाँले भन्नुभयो—“उत्पादनका आधारमा अनुदान पाउनुपर्छ भनेर निर्देशिका बनाएर किसानहरुका पक्षमा भैंसीजोन, मसलाजोन, कागतीजोन लगायतका कृषि उद्यम विकासको सुरुवात भयो । महिलाले २ प्रतिशत व्याजमा कर्जा पाउने व्यवस्था पनि आँफू जिम्मेवारीमा रहँदा थालनी गरेको हो ।”महिलालाई रुचि अनुसारको तालीम दिएर उद्यम विकासमा जोडिने वातावरण सिर्जना गर्नुपर्ने पूर्वमन्त्री अर्यालको भनाई छ । हाम्रो जीवन कसैले नबदल्ने भन्दै उहाँले आफ्नो सीप, पौरख र क्षमताबाट बदलिने बताउनुभयो । किसानहरुका लागि सहकारी लक्षित कार्यक्रमहरु छन्, त्यहाँ जानुप¥यो । जहाँ पशुपालनमा खोर, गोठ तथा भकारो सुधार, तरकारी किसानका लागि टनेलका कार्यक्रम छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण लगायतका सम्बन्धित निकायमा  सम्पर्क गर्न र सचेत रहन किसानहरुलाई उहाँको सुझाव छ ।
    २०७५ सालमा स्थापना भएको साना किसान कृषि सहकारी संस्थामा महिला १ हजार ९ सय २५, पुरुष ५ सय ७५ र अन्य २ जनागरी जम्मा २ हजार ५ सय १२ जना शेयर सदस्य रहेका छन् । कूल ८ करोड ३९ लाख ७६ हजार ९ सय ७ रुपैयाँको कारोवार गरेको संस्थाले २५ लाख ६० हजार ५ सय ९४ मुनाफा गरेको छ । संस्थाले वालिङ नगरपालिकाका साथै  गल्याङ नगरपालिकाका वडा नम्वर २, ३, ७ र ८ गरी चारवटा वडामा कार्यक्षेत्र विस्तार गरेको छ ।

    शनिवार, पौष १६ २०७९०७:०६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend