Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ साना किसानको चौथो वार्षिक साधारण सभा सम्पन्न 

वालिङ साना किसानको चौथो वार्षिक साधारण सभा सम्पन्न 

  • मोहन सुनार
  • सोमवार, पौष १८ २०७९


  • वालिङ साना किसानको चौथो वार्षिक साधारण सभा सम्पन्न 

    पौष १८,वालिङ ।स्याङ्जाको वालिङमा रहेको वालिङ साना किसान कृषि सहकारी संस्थाले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले तीन चरणमा साधारण सभा सम्पन्न गरेको हो । पहिलो चरणमा वालिङ ९ सुर्कौदीमा साधारण सभा सम्पन्न गरेको संस्थाको दोश्रो चरणको साधारण सभा वालिङ ९ भुम्रेमा तथा तेश्रो तथा अन्तिम चरणको साधारण सभा वालिङ १४ बाँयखोलामा सम्पन्न गरेको हो ।
    एक ठाउँमा मात्र साधारण सभा कार्यक्रम आयोजना हुँदा सबै शेअर सदस्यहरु विगतका कार्यक्रममा उपस्थित हुन नसकेकोको हुँदा यसपटक सदस्यहरुको पायक पर्ने स्थानहरुमा साधारण सभा आयोजना गरिएको संस्थाका अध्यक्ष सीता पान्डेय डुम्रेले जानकारी दिनुभयो ।संस्थामा  धेरै शेअर सदस्यहरु महिला भएको हुँदा उनीहरु कार्यक्रममा उपस्थित हुन नसकेको हुँदा फरक फरक स्थान र समयमा साधारण सभा गरिएको अध्यक्ष पाण्डेको भनाइ छ ।साधारण सभामा पाण्डेयले ४ करोड बराबरको आयव्यय प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले आयमुलक काममा रकम लगानी गरेको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो–‘हामीले गाउँका महिला दिदिबहिनिहरु सँगको थोरै बीउ पुँजीबाट सुरु गरेको संस्थाले अहिले करोडौंको लगानी गर्न सफल मात्र भएका छैनौँ, महिलाहरुलाई उत्पादनशिल पनि बनाएका छौँ।’

    2.JPG
    साना किसानहरुको समस्यालाई समाधान गर्न,उनीहरुको उत्पादनलाई वृद्धि गर्दै बजारीकरणको प्रत्याभुती गर्न संस्था सदैब प्रयत्नशिल रहेको अध्यक्ष पान्डेयको भनाइ छ  । ‘वचत तथा ॠण सहकारी संस्था र साना किसान सहकारीमा फरक छ भन्ने बुझ्न आवश्यक छ’ पाण्डेयले भन्नुभयो–‘साना किसान सहकारीले कम आयश्रोत तथा उत्पादन भएका किसानहरुको अवस्था उकास्न सहयोग गर्दछ र हामी पनि सोही दिशामा किसानहरुलाई उत्पादनमा अझ सशक्त ढङ्गले लाग्न अभिप्रेरित गर्ने कार्यक्रमहरु गर्दछौ ।’
    कार्यक्रममा गन्डकी प्रदेशका पुर्व सांसद मोहन रेग्मीले किसानहरुको समस्या समाधान नहुँदासम्म बिकासले गति लिन नसक्ने बताउनुभयो ।उहाँले किसानहरुलाई उत्पादनमा वृद्धि गर्न सरकारले नयाँ योजना र बजेटको कार्यान्वयम गर्न आवश्यक रहेको बताउनुभयो।
    साधारण सभा कार्यक्रममा असल ॠणी, बालवचतकर्ता ,उत्कृष्ट किसानहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

    images

    3.JPG

    सोमवार, पौष १८ २०७९१०:३८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend