Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

जग्गाको वर्गिकरण ढिला हुनु पनि आर्थिक शिथिलता आउनु हो —डा. खतिवडा

जग्गाको वर्गिकरण ढिला हुनु पनि आर्थिक शिथिलता आउनु हो —डा. खतिवडा

  • गोपाल जिटी
  • बिहिवार, पौष २८ २०७९


  • जग्गाको वर्गिकरण ढिला हुनु पनि आर्थिक शिथिलता आउनु हो —डा. खतिवडा

    पौष २८,वालिङ ।जग्गाको वर्गिकरण ढिला हुनु पनि अहिलेको आर्थिक शिथिलता आउनुको कारण रहेको नेपाल सरकारका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले बताउनु भएको छ । स्याङ्जाको वालिङमा विहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.खतिवडाले जग्गाको वर्गिकरण ढिला हुनु पनि अहिलेको आर्थिक शिथिलता आउनुको कारण रहेको बताउनु भएको हो ।केही समय यता राज्यले जग्गाको वर्गिकरणलाई अगाडि बढाएको छ । खेतियोग्य जमिन पनि आवासीय प्रयोजनमा आउँदा कृषि उत्पादनमा समस्या आउने भएकाले राज्यले जग्गाको वर्गिकरणमा लागेको हो ।
    सिद्धार्थ राजमार्ग तथा स्याङ्जा र पाल्पाको संगम राम्दी पुलको स्तरोन्नति हुन नसक्दा पनि यो क्षेत्रको व्यापार व्यावसाय धरासायी हुन पुगेको पूर्व अर्थमन्त्री खतिवडाको भनाई छ ।
    वालिङ उद्योग वाणिज्य संघ तथा ऋण उपभोक्ता समस्या सहजिकरण समिति स्याङ्जाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिदैं डा. खतिवडाले अहिलेको आर्थिक शिथिलताबाट यति धेरै निरास हुनुनपर्ने धारणा राख्नुभयो । उहाँले चल सम्पत्ति सिर्जनाका लागि लिएको कर्जा अचल क्षेत्रमा लगानी गर्नुले पनि आर्थिक समस्या सिर्जना हुन गएको व्यक्त गर्नुभयो । बैंकको हालको व्याजको सन्दर्भमा सुधार ल्याउनुपर्ने देखिएको भन्दै डा.खतिवडाले लगानीमैत्री व्याजदर हुनुपर्ने र २ अंकमा तल्लो तहको व्याजदर हुँदा सहजता आउँछ भन्ने आफूलाई पनि लागेको उल्लेख गर्नुभयो । धेरैबाट ऋण र व्याज तिर्दिन भन्ने आवाज पनि आउने गरेको छ, यसो गर्नु दुबै क्षेत्र खाल्डामा जानु भएको उहाँको भनाई छ । बैंकको मौजुदा व्याजदर घट्नेक्रममा रहन्छ र अस्वाभाविक सेवाशुल्क पनि हटाउनुपर्छ भन्नेमा आँफूलाई पनि लागेको डा. खतिवडाले बताउनुभयो ।
    व्यापार व्यावसायमा अन्तरराष्ट्रिय प्रभाव कम र आन्तरिक बढिपर्ने उहाँको भनाई छ । छिमेकि मुलुक भारतीय बजार सुरक्षित गर्नसके राम्रो हुनेसमेत डां खतिवडाले व्यक्त गर्नुभयो ।
    समस्यामा परेकाहरुका लागि लिलामी प्रकृया केही लम्व्याएर हुन्छ कि अशुलीको समय लम्व्याउँदा ठीक हुन्छ भन्नेबारे बैंक वित्तीय संस्थाले सोच्नुपर्ने उहाँको भनाई छ ।
    केही समयमा समाधानको अवस्था आउँछ,, यति धेरै आत्तिनु पर्ने स्थिति छैन । राज्य छ, गर्छ, गर्नुपर्छ डा खतिवडाले भन्नुभयो ।

    बिहिवार, पौष २८ २०७९०७:०७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend