माघ १९,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले बजारमा अव्यवस्थितरुपमा रहेका टेलिफोन तथा नेट इन्टरनेटका तार व्यवस्थापन गर्न थालेको छ । नगरपालिकाले वालिङको मिर्दीबजारबाट विहिबारदेखि अव्यवस्थितरुपमा रहेका तारहरु व्यवस्थापन गर्न सुरु गरेको हो ।
नगरपालिकाले पटक पटक अनुरोध गर्दा वेवास्ता गरेपछि गत भदौमा सम्वन्धित संघ संस्थालाई ३५ दिनभित्र अव्यवस्थित तार हटाउन निर्देशन गरेको थियो ।
केवल, इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक संस्थाहरुले छरपस्टरुपमा राखिएका तारहरुले बजार नै कुरुप देखिएको छ । यसका साथै विजुलीका पोल र तारहरुसमेत अव्यवस्थितहुँदा नागरिकहरुको जीउ ज्यानको समेत खतरा हुने भएपछि नगरपालिकाले सम्वन्धित सेवा प्रदायक कम्पनी तथा संघ संस्थाहरुलाई हटाउन अनुरोध गर्दै आएको थियो ।
पटक पटक अनुरोधलाई वेवास्ता गरेपछि तार व्यवस्थापन गर्न बाध्य भएको नगरपालिकाले जनाएको छ ।