Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भेषजराज साहित्य प्रतिष्ठानद्वारा श्रष्टा सम्मान

भेषजराज साहित्य प्रतिष्ठानद्वारा श्रष्टा सम्मान

  • गोपाल जिटी
  • शनिवार, माघ २१ २०७९


  • भेषजराज साहित्य प्रतिष्ठानद्वारा श्रष्टा सम्मान

    माघ २१,वालिङ ।भेषजराज साहित्य प्रतिष्ठान वालिङले स्याङ्जाका दुईजना श्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले भेषजविन्दु साहित्यिक पुरस्कारबाट विश्वप्रेम अधिकारी र भेषजराज साहित्य सम्मानबाट साहित्यकार नारायणप्रसाद ज्ञवालीलाई सम्मान गरेको हो ।
    स्याङ्जा जिल्लामा रहेर ५ दशकदेखि साहित्यका क्षेत्रमा अनवरतरुपमा लाग्नु भएका साहित्यकार विश्वप्रेम अधिकारी प्रतिष्ठानद्वारा यो वर्षको भेषजविन्दु साहित्यिक पुरस्कारबाट रु. १० हजार नगदसहित शनिबार सम्मानित हुनुभएको हो । पुतलीबजार १० राङ्खोला निवासी अधिकारीका तीन वटा लोक साहित्य र पाँचवटा कविता तथा काव्यसहित १३ वटा कृति प्रकाशित भैसकेका छन् । उहाँ स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रजस्थल त्रैमासिक पत्रिकाका प्रधान सम्पादक हुनुहुन्छ ।यसैगरी भेषजराज साहित्य सम्मानबाट जगत्रदेवी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा साहित्यकार नारायणप्रसाद ज्ञवाली सम्मानित हुनुभएको हो ।
    कार्यक्रममा बर्दघाट नगर प्रज्ञा प्रतिष्ठान नवलपरासीका कूलपति डा. घनश्याम न्यौपाने परिश्रमीले साहित्यकारका लागि राजनीति खतरनाक हुने बताउनुभयो । डा. न्यौपानेले हात मिलाए पनि राजनीतिले मन मिल्न नदिने खतरनाक भएको बताउनु भएको हो । साहित्यमा समभाव हुन्छ, विभाजन हुँदैन, त्यसैले साहित्यले सबैलाई जोड्ने काम गर्छ । सबैको मन र विचारलाई जोड्छ भने राजनीतिले फुटाउने काम गर्ने कूलपति डा. न्यौपानेको भनाई छ । उहाँले श्रष्टाहरुमा चिन्तन र उदारता हुने उल्लेख गर्नुभयो । भेषजराजलाई आँफूले वाल्यावस्थादेखि नै सम्मान र श्रद्धापूर्वक हेरिने व्यक्तित्व रहेकोसमेत डा. न्यौपानेले व्यक्त गर्नुभयो । २०११ सालमा नै वनारसमा रहँदा भेषजराजले कविता लेखेको उल्लेख गर्दैं डा. न्यौपानेले स्याङ्जा जिल्लाकै पहिलो साहित्यिक पत्रकार भएको बताउनुभयो । भेषजराजका खण्डकाव्य, समालोचना, कविता, निवन्धलगायतका गहन पुस्तकहरु छन् । उहाँ एक अव्वल साहित्यकार हुनुहुन्थ्यो । भेषजराजलाई युगौंयुग बचाउन प्रतिष्ठानको भूमिका छ, रहिरहोस र रहिरहन आवस्यक भएको उहाँले औंल्याउनुभयो ।वालिङ ११ पेखुस्थित भेषजराज शर्माकै निवासमा भएको कार्यक्रममा नियमित कार्यक्रम अन्तर्गत ५७ औं शृङ्खलाको रचनावाचनसमेत गरिएको थियो ।
    प्रतिष्ठानले २०७४ सालदेखि विभिन्न साहित्यकारहरुलाई पुरस्कारसहित सम्मान गर्दै आएको छ । 

    शनिवार, माघ २१ २०७९०८:५९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend