माघ २२,वालिङ । प्रेस चौतारी नेपालले २५ औं स्थापना दिवस मनाएको छ । २०५५ सालमा स्थापना भएको प्रेस चौतारी नेपालले २२ गते आइतबार देशभर विभिन्न कार्यक्रम गरी २५ औं दिवस मनाएको हो । दिवसका अवसरमा चौतारीको स्याङ्जा शाखाले मोटरसाइकलको सोलो रेस प्रतियोगिता आयोजना गरी मनाएको छ । सवारी दुर्घटना न्युनिकरणमा टेवा पु¥याउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको शाखाले जनाएको छ ।
दु्रत गतिका कारण धेरै दुर्घटनाहरु हुने गरेकाले मोटरसाइकलको गति सीमित गर्न आवस्यक रहेको सन्देश दिने उद्देश्यले सोलो रेस प्रतियोगिताको आयोजना गरेको चौतारी स्याङ्जा शाखाका अध्यक्ष शुशिल सुवेदीले बताउनुभयो । जनचेतनामूलक कार्यक्रम गरी स्थापना दिवस मनाउने हेतुले मोटरसाईकल सोलो रेस प्रतियोगिता मार्फत सचेतना जगाउने प्रयास गरिएको अध्यक्ष सुवेदीको भनाई छ ।
प्रतियोगितामा ४४ जना सहभागी भएका थिए । २ सय मिटरको दुरीमा गरिएको प्रतियोगितामा प्रथम आकाश परियार, द्वितीय अंकित श्रेष्ठ र तृतीय समिर श्रेष्ठ भए । कार्यक्रममा पूर्व मन्त्री तथा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले दुर्घटना न्युनिकरणमा टेवा पु¥याउने उद्देश्यले प्रेस चौतारीले आयोजना गरेको कार्यक्रम निकै पं्रसशनीय रहेको बताउनुभयो । धेरै दुर्घटना मानवीय लापर्वाहीका कारण हुने हुँदा यस्ता कार्यक्रमले जनचेतनामा सहयोग पुग्छ । कतिपय दुर्घटना हामी स्वयंमको लापरबाहिका कारण हुने गरेको पूर्व मन्त्री अर्यालको भनाई छ । साथै उहाँले पत्रकारिता माथिको आम नागरिकको विश्वास जीवित राख्नका लागि पत्रकारिता जगतलाई सिर्जनशीलताका साथ अगाडि बढाउन आवस्यक रहेको उल्लेख गर्नुभयो ।प्रतियोगितामा प्रथम हुनेले ३ हजार नगदसहित बुलोटुथ वाला यामाहाको हेलमेट तथा टिसर्ट प्राप्त गरेका छन् । यसैगरी द्वितीयले २ हजार नगद टिसर्ट र तृतीयले १ हजार नगद, टिसर्ट र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका लागि वडा प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय वालिङ र शसस्त्र गुल्मले प्राविधिक व्यवस्थापनमा सहयोग गरेको थियो ।