Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्वास्थ्य मन्त्री गिरीको पहलमा पैयूँमा ल्याईयो डिजिटल एक्सरे मेसिन

स्वास्थ्य मन्त्री गिरीको पहलमा पैयूँमा ल्याईयो डिजिटल एक्सरे मेसिन

  • PNN Times
  • बुधवार, माघ २५ २०७९


  • स्वास्थ्य मन्त्री गिरीको पहलमा पैयूँमा ल्याईयो  डिजिटल एक्सरे मेसिन

    पर्वत, २५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको विशेष पहलमा पैयूँ गाउँपालिकामा पठाउनुभएको मोबाइल डिजिटल एक्सरे मेसिन स्वास्थ्य सेवा विभागले पालिकालाई हस्तान्तरण गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग पथलैया स्टोर, बाराले रु १ करोड ४४ लाख ८२ हजार १६५ रुपैयाँ ८८ पैसा मा खरिद गरेको मोवाइल डिजिटल एक्सरे मेसिन गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीलाई मंगलबार हस्तान्तरण गरेको हो ।
    0A17DBC5-F3F0-47C0-854D-729A1CA89113.jpeg
    गतहप्ता गाउँपालिकाको भ्रमणमा आउँदा मन्त्री गिरीले मन्त्रालय पुगेपछि डिजिटल एक्सरे मेसिन पठाउन पहल गर्ने बताउनुभएको थियो । 

    गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले मोबाइल डिजिटल एक्सरे बुझ्दैँ स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी आएर यसको विधिवत उद्घाटन भएपछि पालिकाबाट डिजिटल एक्सरे सेवा सुरु हुने भन्दै मन्त्रीलगायत पहल कदमी गर्ने सबै प्रति आभार व्यक्त गर्नुभएको थियो ।

    गाउँपालिकामा डिजिटल भिडियो एक्सरे सुविधा नहुँदा यहाँका बासिन्दा स्याङ्जा, पोखरा र पाल्पा जानु पर्ने बाध्यता थियो । आफ्नै गाउँठाउँमा डिजिटल भिडियो एक्सरे गर्न पाउन भएपछि यहाँका स्थानीय खुशी भएका छन् । 

    images

    बुधवार, माघ २५ २०७९११:००:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend