Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गल्याङमा  आलु तथा कृषिजन्य उत्पादनको प्रदर्शनी  हुने

गल्याङमा  आलु तथा कृषिजन्य उत्पादनको प्रदर्शनी  हुने

  • मोहन सुनार
  • आइतवार, फाल्गुण २८ २०७९


  • गल्याङमा  आलु तथा कृषिजन्य उत्पादनको प्रदर्शनी  हुने

    फागुन २८, वालिङ । स्याङ्जाको गल्याङमा  आलु तथा कृषिजन्य उत्पादनको प्रदर्शनी  हुने भएको छ । चैत्र ३ र ४ गते गल्याङ चेम्बर अफ कमर्शको आयोजनामा गल्याङमा प्रदर्शनी हुने भएको हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्धेश्यका साथ प्रदर्शनीको आयोजना गरिएको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
    स्याङ्जाको गल्याङ क्षेत्र आलु उत्पादनमा पकेट क्षेत्र भएकोले उत्पादित आलुको बजारीकरणमा प्रवद्र्धन गर्न प्रदर्शनीको आयोजना गरिएको गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा श्रेष्ठले बताउनुभयो ।
    आलु उत्पादनलाई ग्राहयता दिनुका साथै उत्पादनमा आत्मनिर्भर बनाउन प्रदर्शनीले टेवा पु¥याउने आयोजकले बिश्वास लिएको छ । “हामीले गल्याङ क्षेत्रमा उत्पादित आलुको प्रचार प्रसार गर्दै बजारीकरणमा समेत टेवा पुग्ने बिस्वास लिएका छौँ “अध्यक्ष श्रेष्ठले भन्नुभयो“ हामिले उत्पादनमा बढावा होस भन्ने हेतुले किसानहरुले उत्पादन गरेको आलु उपभोक्ताको माझमा पु¥याउन प्रदर्शनीको आयोजना गरेका हौँ ।’ उत्पादक किसानहरुको अवस्था र उत्पादनलाइ सन्तुलित ढङ्गले विकास गर्ने योजना बनाएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।प्रदर्शनीमा गल्याङ नगरपालिकामा व्यवसायिक रुपमा आलु उत्पादन गर्दै आएका किसानहरुको उत्पादनलाई प्राथमिकता दिइने गल्याङ चेम्बर अफ कमर्शका उपाध्यक्ष रुमलाल कँडेलले बताउनुभयो । 
    गल्याङसँग सिमाना जोडिएका अन्य स्थानका किसानहरुको उत्पादनलाई भने आयोजकसँगको समन्वयमा मात्र प्रदर्शनीमा राखिने उपाध्यक्ष कँडेलले जानकारी दिनुभयो । उहाँले आलु उत्पादक किसानहरुलाई व्यवसायिक बनाउन तथा पर्यटकीय दृष्टिकोणबाट आम नागरिकहरुमा कृषि उत्पादनको क्षेत्रमा अब्बल क्षेत्रको रुपमा प्रचार प्रसार गर्ने गरी प्रदर्शनी आयोजना गरिएको उल्लेख गर्नुभयो ।
    गल्याङ नगरपालिका वडा नं. ११ को जिमुहामा उत्पादित आलुले गण्डकी प्रदेशमा  आलुको बीउ उत्पादनमा ६५% हिस्सा ओगटेको छ । 
    दुई दिनसम्म चल्ने प्रदर्शनीमा साँस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आलुका परिकारहरुको प्रदर्शनी तथा बिक्रीवितरण ,आलुका बिउ,बेर्ना प्रदर्शनी, धान,गहुँ, मकै लगायतका अन्नहरुको प्रदर्शनी अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । 

    आइतवार, फाल्गुण २८ २०७९०७:२३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend