चैत १०,वालिङ । मदिरा व्यवसायी संस्था स्याङ्जाको अध्यक्षमा पुनः खिमानन्द पराजुली चयज हुनुभएको छ । संस्थाको शुक्रबार सम्पन्न दोस्रो अविधेसनले पराजुलीलाई अध्यक्ष चयन गरेको हो । दोस्रो अधिवेशनबाट उपाध्यक्षमा गणेश अर्याल, सचिवमा जिवलाल बसेल ‘जिवन’, चयन भुहनुभएको छ । त्यसै गरी कोषाध्यक्षमा नरेन्द्र पौडेल ‘सुजन’ रहनुभएको छ भने सदस्यहरुमा कृष्णप्रसाद अर्याल, हौमाया गुरुङ, सुशिल अर्याल, नविन गैह«े र विशाल पाण्डे रहनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा रविन केसी र प्रदेश प्रतिनिधिमा सुर्यप्रसाद शर्मा रहनुभएको छ ।
यसैबीच,मदिरा व्यवसायी संस्था स्याङ्जाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिव तारानाथ ढुंङ्गानाले गैह्रकानुनी रुपमा भएका मदिरा आयात तथा बेचविखन रोक्नुपर्ने बताउनुभयो । अवैध रुपमा भएका यस्ता कारोबारले कानुनसम्मत तथा प्रक्रियागत रुपमा गरेका मदिरा व्यवसायी मारमा पर्ने भन्दै अवैध घरेलु मदिरा बेचविखन तथा ओसारपसारलाई समेत कडाई गर्नुपर्ने बताउनुभयो । मदिरा व्यवसायीहरुको छाता संगठन मदिरा व्यवसायी महासंघ मदिरा व्यवसायीहरुको हकहित र व्यवसाय प्रर्वद्धनका निमित्त प्रतिवद्ध रहेको बताउनुभयो ।
अधिवशेनमा कार्यक्रमको प्रायोजक रहेको एपी डिस्टीलरी प्रा.लि.का क्षेत्रीय प्रबन्धक प्रीतम गिरी, मदिरा व्यवसायी महासंघका उपाध्यक्ष गोपाल सापकोटा, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका कोषाध्यक्ष नवराज सुवेदी, मदिरा व्यवसायी संघ काठमाडौका अध्यक्ष राजन केसी, संघ कास्कीका अध्यक्ष डिल्लीराम पनेरु, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष सुनिता पौडेल, बजार विक्रि प्रतिनिधि नारायणप्रसाद ढकाल, संघका काठमाडौका निर्वतमान अध्यक्ष गोविन्द बराल, स्याङ्जा वितरक संघका अध्यक्ष सुर्यप्रकाश शर्मा, नारायणप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो ।
मदिरा व्यवसायी संघका अध्यक्ष खिमानन्द पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गणेश अर्याल र संचालन सचिव रविन केसीले गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष सुजन पौडेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।