चैत्र १५,वालिङ ।
पाणिनी बहुप्राविधिक शिक्षालय,अर्घाखाँचीको गाडी दुर्घटनामा परेको छ । शिक्षालयको बा २ झ ४०८० नम्बरको स्कारपियो गाडी बुधबार गल्याङ नगरपालिका –८,चिउरी स्याङ्जामा दुर्घटनामा परेको हो ।दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।बुधबार दिउँसो पौने दुई बजे भएको दुर्घटनामा परी गाडीमा सवार शिलालय प्रमुख मणी प्रसाद गैह«े उनका मामा पशुपति भुर्तेल र सवारी चालक कमल झाँक्रीमगर सामान्य घाइते भएका छन् । अर्घाखाँचीबाट वालिङतर्फ आउँदै गरेको गाडी सडक किनाराको दायाँतर्फ नालीमा परी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गल्याङले जनाएको छ ।
साइड परिवर्तन गरी अगाडि बढ्ने क्रममा अगाडिको चक्काको हावा खुलेकोले गाडी सडक किनाराबाट नालीमा खसेको चालक कमल झाँक्रीमगरले बताए ।
घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।