Logo

शनिवार, कार्तिक १ गते २०८३

images

लुम्बिनीमा पर्यटक प्रवद्र्धन गर्न’ टिकटक प्रतियोगिता हुँदै

लुम्बिनीमा पर्यटक प्रवद्र्धन गर्न’ टिकटक प्रतियोगिता हुँदै

  • सन्दिप लुइटेल
  • शनिवार, चैत्र १८ २०७९


  • लुम्बिनीमा पर्यटक प्रवद्र्धन गर्न’ टिकटक प्रतियोगिता हुँदै

    १८ चैत । बुद्ध जयन्तीको अवसरमा लुम्बिनी जाऊँ टिकटक प्रतियोगिता हुने भएको छ । लुम्बिनी विकास कोषको बोर्ड बैठकले लुम्बिनीको थप प्रचार र पर्यटकीय प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

    प्रतियोगितामा विजयीलाई पुरस्कारको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्नेछ । पुरस्कारको कार्यविधि र मापदण्ड बनाउन पनि मन्त्रालयलाई जिम्मा दिइएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धचरण) ले बताए ।

    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकले आगामी बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अलम्बन गर्ने सबैलाई फ्री भिसा प्रदान गर्न नेपाल सरकार संग पहल गर्ने निर्णय समेत गरेको छ ।

    “बुद्ध जयन्ती मनाउन आउनको लागि बुद्ध संस्कृति भएका राष्ट्रहरूलाई फ्रि भिसाको लागि पहल गरेका हौं”–कोषका कोषाध्यक्ष भट्टराईले भने, “कुन कुन मुलुक भन्ने कुरा पर्यटन मन्त्रालयले फाइनल गरेर परराष्ट्र मन्त्रालयमा पत्राचार गर्छ ।”

    यस्तै हालैको वर्षाले लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहल केही ठाउँबाट चुहिएकाले सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने निर्णय पनि भएको छ ।

    सम्बन्धित निर्माण कम्पनीले नियम अनुसार तत्काल मर्मत संभार गराउने अन्यथा कारवाही गरिने निर्णय भएको कोषले जनाएको छ । कोषको बैठकले उपाध्यक्ष भिक्षु मैत्तेयको नेतृत्वमा लुम्बिनी सरसफाई अभियान संचालन गर्ने निर्णय समेत गरेको छ ।

    शनिवार, चैत्र १८ २०७९०७:१७:२६

    सन्दिप लुइटेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend