असोज८, स्याङ्जा। अविरल वर्षाका कारण पहिरो जादा ज्यान गुमाएका स्याङजा वालिङका एकै घरका ९ जनाको सामुहिक दाहसंस्कार गरिएको छ ।
वालिङ नगरपालिका वडा नम्बर १४ तमादी बस्ने माया नेपालीको घरमाथिबाट बिहिबार बिहान साढ़े ५ पहिरो आई घर पुरिँदा नौ जनाकोमृत्यु भएको थियो ।
पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६०वर्षीय सानी नेपाली, ९ वर्षीय विवश नेपाली, १४ वर्षीय बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदीप नेपाली र ६ महिनाका एक बालक रहेका छन् ।
उनिहरुको पोस्टमाटम पछि रामनदी धाममा बिहिबार साझँ सामुहिक दाहसंस्कार गरिएको हो ।
एकै परिवारका १० जनामध्ये १७ वर्षीया मनिषा नेपालीको जीवितै उद्दार गरी गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ ।