Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ पहिरो अपडेट : शुक्रबार राति पुन पहिरो जादा थप दुई घर पुरिए

वालिङ पहिरो अपडेट : शुक्रबार राति पुन पहिरो जादा थप दुई घर पुरिए

  • निर्भीक नारायण भुर्तेल
  • शुक्रवार, आश्विन ९ २०७७


  • वालिङ पहिरो अपडेट : शुक्रबार राति पुन पहिरो जादा थप दुई घर पुरिए

    स्याङ्जा, ९ असोज । पहिरोमा पुरिएर बिहीबार स्याङ्जा वालिङमा ९  जनाको मृत्यु भएको ठाउँमा शुक्रबार राति पुन पहिरो जादा थप दुई घर पुरिएको छ ।स्थानिय कृष्ण बहादुर खनाल र मान बहादुर खनालको घर पुरिएको छ । पहिरोमा एक भैसी पुरिएको तर मानविय क्षति नभने नभएकोस्थानिय नविन लुईटेलले बताए ।

    स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ को तमादीमा बिहिबार बिहान साढ़े ५  बजे माया नेपालीको घरमाथिबाट पहिरो आई घरपुरिँदा नौ जनाको मृत्यु भएको थियो ।

    images

    पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६०वर्षीय सानी नेपाली, ९ वर्षीय विवश नेपाली, १४ वर्षीय बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदीप नेपाली र ६ महिनाका एक बालक रहेका छन् ।

    एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीको  जीवितै उद्दार गरी पोखरामा उपचार भईरहेको छ ।

    शुक्रवार, आश्विन ९ २०७७०७:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend