Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पहिरोमा ज्यान गुमाएका परिवारलाई फलेवास नगरपालिकाद्वारा  नगद सहयोग

पहिरोमा ज्यान गुमाएका परिवारलाई फलेवास नगरपालिकाद्वारा  नगद सहयोग

  • PNN Times
  • शुक्रवार, आश्विन ९ २०७७


  • असोज ९, फलेवास ।  पर्वतको फलेवास नगरपालिकाले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई नगद सहयोग गरेको छ । नगरपालिकाको वडा न ४ मुडिकुवामा गएको  भदौ २८ गते गएको पहिरोमा परी ज्यान गुमाएकि रितिका बि क को परिवारलाई राहत स्वरुप ७५ हजार नगद उपलब्ध गराएको हो ।

    शुक्रबार १० औं दिनको तीथिमा धरमै पुगी मृतक रितिकाको आमालाई राहत उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख पदमपाणी शर्माले मानवीय क्षति प्रति दुख व्यक्त गर्दै  विपत्तीमा परेका नागरिकको लागि मल्हम लगाउन नगरपालिकाको कर्तव्य भएको बताउनुभयो । नगर प्रमुख शर्माले  नगरका वडाहरुको भौंगोलिक अध्ययन गरेर एकिकृत बस्ती विकासमा लाग्ने विश्वास व्यत्त गनुभयो ।

    कार्यक्रममा उप प्रमुख मन्जु अधिकारीले नगरपालिका नागरिकको हरेक समस्यामा सारथि रहेको र दुखको बेलामा सधैं साथमा रहेको बताउनु भयो । 

    शुक्रवार, आश्विन ९ २०७७०९:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend