असोज ९, फलेवास । पर्वतको फलेवास नगरपालिकाले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई नगद सहयोग गरेको छ । नगरपालिकाको वडा न ४ मुडिकुवामा गएको भदौ २८ गते गएको पहिरोमा परी ज्यान गुमाएकि रितिका बि क को परिवारलाई राहत स्वरुप ७५ हजार नगद उपलब्ध गराएको हो ।
शुक्रबार १० औं दिनको तीथिमा धरमै पुगी मृतक रितिकाको आमालाई राहत उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख पदमपाणी शर्माले मानवीय क्षति प्रति दुख व्यक्त गर्दै विपत्तीमा परेका नागरिकको लागि मल्हम लगाउन नगरपालिकाको कर्तव्य भएको बताउनुभयो । नगर प्रमुख शर्माले नगरका वडाहरुको भौंगोलिक अध्ययन गरेर एकिकृत बस्ती विकासमा लाग्ने विश्वास व्यत्त गनुभयो ।
कार्यक्रममा उप प्रमुख मन्जु अधिकारीले नगरपालिका नागरिकको हरेक समस्यामा सारथि रहेको र दुखको बेलामा सधैं साथमा रहेको बताउनु भयो ।