Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पैयूँमा मेलमिलाप सम्बन्धी आठ दिवसीय तालिम सम्पन्न

पैयूँमा मेलमिलाप सम्बन्धी आठ दिवसीय तालिम सम्पन्न

  • PNN Times
  • बुधवार, बैशाख २० २०८०


  • पैयूँमा मेलमिलाप सम्बन्धी आठ दिवसीय तालिम सम्पन्न
    वैशाख २०, पर्वत ।  मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम पैयूँमा  सम्पन्न गरिएको छ । हाम्रो समस्या हाम्रै समाधान भन्ने मुल नाराका साथ पैयूँ गाउँपालिकाको आयोजनामा आठ दिवसीय आधारभूत तालिम एक कार्यक्रमका बीच मंगलबार सम्पन्न गरिएको हो ।
    समापन कार्यक्रममा बोल्दै पैयूँ गाउँपालिकाका उपाध्यक्ष एंव न्यायिक समिति संयोजक याम कुमारी रानाले समुदायमा हुने विवादहरु मेलमिलामकर्ता मार्फत निरुपण हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । 
     
    न्यायिक समिति तथा वडामा रहेको सामुदायिक मेलमिलाप केन्द्रले स्थानीय स्तरमा हुने देवानी प्रकृतिका मुद्दाहरू अंशवण्डा, साँध मिचिएको, घरेलु झै–झगडा आदि विषयहरू निरूपण गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार स्थानीय न्यायिक निकायले न्याय सम्पादनको काम गर्नुपर्ने उपाध्यक्ष रानाले बताउनु भयो ।
     
    साथै तालिममा सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्दै छलफलको माध्यमबाट दुवै पक्षको जित हुने प्रक्रियाले विवादहरु समाधान गर्न मेलमिलापकर्ताहरुलाई रानाले आग्रह समेत गर्नु भयो । उहाँले स्थानीय तहका विवादित मुद्दाहरू स्थानीय स्तरमै समाधान होस भन्ने उद्देश्यले नै संविधानमा स्थानीय तहमा न्यायिक समिति र वडामा सामुदायिक मेलमिलाप केन्द्रको परिकल्पना गरेको छ । साथै मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धिका लागि यस्ता खाले तालिमहरु नियमित रुपमा पैयूँ गाउँपालिकाले सन्चालन गर्दै आएको छ ।
     
    यस्तै स्थानीय तहमा हुने सानातिना विवाद झै–झगडा मेलमिलाप नीतिबाट न्यायिक समितिले समाधान गर्न सक्ने स्थानीय शासन ऐनमा व्यवस्था गरिएको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख खगेन्द्र अधिकारीले बताउनु भयो  । उहाँले  ऐन अनुसार स्थानीय तहले मेलमिलापका माध्यमबाट विभिन्न विवादहरू समाधान गर्न पाउने अधिकार दिएको जानकारी दिनु भयो। स्थानीय शासन ऐन अनुसार देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी’ प्रकृतिका अपराधसँग जोडिएका विवादित विषय न्यायिक समितिले हेर्न पाउने व्यवस्था छ ।
     
    न्यायिक समितिले आएका विवादित मुद्दाहरूमा उजुरी लिने र सुनुवाइपछि फैसला गर्ने त्यो गर्दा मेलमिलापका प्रक्रियाबाट विवाद समेत निरूपण गर्न पाउने व्यवस्था छ । स्थानीय प्रशासन ऐन अनुसार १३ किसिमका विवादित मुद्दाहरू न्यायिक समितिले हेर्न पाउने अधिकार दिएको छ ।
     
    न्यायिक पाटोलाई अझै सहज बनाउनका लागि प्रत्येक वडा–वडामा सामुदायिक मेलमिलाप केन्द्र गठन गरिएको र प्रत्येक वडामा ३ जना मेलमिलापकर्ताहरु समेत रहेकाले अब जनताले सहज रुपमा न्यायिक सेवा पाउने पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले बताउनु  भयो  । 
     
    आठ दिवसीय आधारभूत तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध बिषयमा तालिम दिईएको थियो । 

    बुधवार, बैशाख २० २०८००२:२३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend