Logo

शनिवार, कार्तिक १ गते २०८३

images

दग्दीमा एक दिने   पशु स्वास्थ्य  शिविर  सम्पन्न

दग्दीमा एक दिने   पशु स्वास्थ्य  शिविर  सम्पन्न

  • PNN Times
  • शुक्रवार, बैशाख २२ २०८०


  • दग्दीमा एक दिने   पशु स्वास्थ्य  शिविर  सम्पन्न

    बैशाख २२,हरिनाश ।
    स्याङ्जाको हरिनास गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । हरिनास गाउँपालिकाको वडा नम्वर ६, दग्दीमा शुक्रबार  एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
    नेपाल  पाराभेटेरिनरी  एण्ड  लाइभस्ट्क एसोसियसन (नेभ्ला)  जिल्ला  कार्यसमितिको आयोजनामा  शिविर सञ्चालन गरिएको हो ।
    कार्यक्रममा गाउँ पालिकाका  उपाध्यक्ष   इन्द्राकुमारी  थापा रानाले मानिसको जस्तै पशुको पनि बेला बेलामा स्वास्थ्य परीक्षण गर्न आवस्यक रहेको बताउनुभयो । दूध तथा मासुका लागि पालिदै आएको पशुहरु स्वस्थ भए हाम्रो स्वास्थ्यमा पनि लाभ हुने उपाध्यक्ष रानाले उल्लेख गर्नुभयो । पशुहरुले खान खाए नखाएको, उनिहरुको चालचलन र दैनिकीका बारेमा ध्यान दिन सकियो भने स्वास्थ्य समस्याका बारेमा ध्यान दिन उहाँको सुझाव छ । उहाँले यदि पशुहरुमा सधैंजसो भन्दा फरकपन वा असहजता भएको देखिएमा नजिकको पशु चिकित्सकसँग परामर्श गरी उपचार गर्न आग्रह गर्नुभयो ।

    342702315_629474548646997_4955530261476057910_n.jpg
    शिविरमा २ सय ३२ जना किसानका ४ सय ७६ पशुहरुको  उपचार  गरिएको  थियो । गाई, भैसी, बाख्रा, कुकुर, बिराले तथा कुखुरालगायत पशुपंक्षीको गोबर एवम् स्वास्थ्य परीक्षण गरिएको  थियो । गोबर  जाच  , दूध  परीक्षण , पशुु उपचार  सेवा , बम्ध्याकरण , रेबिज खोप  तथा पसु पालन सम्बन्धी   आवस्यक   परामर्श  दिइएको थियो । १५ जना  प्राविधिकले  शिविरमा  सेवा प्रदान  गरेका थिए । प्राविधिकहरुका अनुसार गोबर  परीक्षण  गर्दा अधिकांसमा नाम्ले   तथा  पारामफिस्टोम  ( गहते  किरा) को प्रकोप   देखिएको थियो ।,
    शिविर वडा कार्यालयको व्यवस्थापनमा सम्पन्न गरिएको हो ।

    images

    शुक्रवार, बैशाख २२ २०८००९:०६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend