Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पाल्पामा पहिरोमा पुरिएका पाँचै जनाको शव फेला

पाल्पामा पहिरोमा पुरिएका पाँचै जनाको शव फेला

  • PNN Times
  • शनिवार, आश्विन १० २०७७


  • पाल्पामा पहिरोमा पुरिएका पाँचै जनाको शव फेला

    सुसिला रेग्मि । 

    असोज १०, पाल्पा । रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको बेलौजामा पहिरोले पुरिएका पाँचै जनाको शव फेला परेको छ । लगातारको वर्षाले घरमाथीबाट खसेको पहिरोले पुरिएका ६० वर्षका हुमबहादुर गाहा र उनका श्रीमती ५० वर्षीय धनिसरा गाहाको शुक्रवार साँझ शव फेला परेको हो ।

    images

    अबिरल वर्षाले बिहिवार बिहान पहिरोमा पुरिएका १७ वर्षीय कृष्णमाया गाहा, १४ वर्षीय खुमीसरा आले, ८ वर्षका लक्ष्मी गाहाको शुक्रवार दिउँसो शव फेला परेको थियो ।

    नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी लगायतले उद्धार गरी शव निकालेका हुन् । रम्भा गाउँपालिकाले पहिरोमा पुरिएर मृत्यु हुनेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।   

    बिस्थापित परिवारको खाने, बस्ने व्यवस्था मिलाउने गाउँपालिकाले प्रबन्ध गर्ने जनाएको छ । बेलौजामा तीन घर पहिरोमा पुरिएका छन् भने १७ घर जोखिममा छन् । खतरामा परेका बस्तीका स्थानीयलाई विद्यालय, स्वास्थ्यचौकी र छिमेकीको घरमा सारिएको छ । 

    शनिवार, आश्विन १० २०७७०९:३९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend