Logo

शनिवार, कार्तिक १ गते २०८३

images

खानेपानीको सहज आपूर्ति गर्छौँ –मन्त्री तिवारी

खानेपानीको सहज आपूर्ति गर्छौँ –मन्त्री तिवारी

  • मोहन सुनार
  • मंगलवार, जेठ २ २०८०


  • खानेपानीको सहज आपूर्ति गर्छौँ –मन्त्री तिवारी

    जेष्ठ २,वालिङ । गण्डकी प्रदेशका नवनियुक्त उर्जा,जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशका नागरिकलाई खानेपानीको सहज आपूर्ति गर्ने बताउनुभएको छ । 
    मङ्गलबार वालिङमा रहेको भुम्रे माध्यमिक विद्यालयको ९४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिवारीले खानेपानी समस्या समाधानको लागि आफु र आफुले सम्हालेको मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको बताउनुभएको हो ।

    9.JPG
    गण्डकी प्रदेशका धेरै जिल्लाहरु तथा स्याङ्जाको वालिङ क्षेत्रमा पनि खानेपानीको समस्या समाधान नभएकोप्रति आफु चिन्तित रहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको उपयोग गरेर नागरिकले पानी पिउन पाउने अधिकारलाई सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।खानेपानीको मुहान बचाउन नागरिक सचेत बन्नुपर्ने उल्लेख गर्दै मन्त्री तिवारीले वृक्षारोपण,सरसफाई लगायतका क्रियाकलापबाट पानीको स्रोत बचाउन सकिन्छ भन्ने शिक्षा विद्यालयका विद्यार्थीहरुलाई दिन आवश्यक रहेको बताउनुभयो । कृषि उब्जनी वृद्धिका लागि सिँचाईको समस्या पनि टड्कारो रहेकोले आवश्यक बजेटको व्यवस्था र प्रभावकारी योजनाका साथ काम गरिने मन्त्री तिवारीले जानकारी दिनुभयो ।

    images

    111.JPG
    ‘मैले भर्खरैमात्र मन्त्रालय सम्हालेको छु, मन्त्रालयमा उपलब्ध स्रोत पहिचान गरी तिनको उपयोगबाट खानेपानी,सिँचाई तथा उर्जाको क्षेत्रमा नागरिकले फरकपनको अनुभूति हुने गरी काम गर्छु’मन्त्री तिवारीले भन्नुभयो–‘गण्डकी प्रदेश र केन्द्रीय नीतिमा फरक भएकोले कतिपय कामहरु नीतिगत विविधताले गर्न सकिएको छैन,तिनको समाधान गरी कामहरु अगाडि बढाउँछौँ ।’

    मंगलवार, जेठ २ २०८००२:००:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend