पाल्पाको रामपुरमा दिदी बहिनीहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ ।
रामपुर नगरपालिका वडा नं. २ तिलिङडाँडाका दिदी बहिनीहरुलाई बुधबार बाख्रा उपहार प्रदान गरिएको हो । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत मूल समूहद्वारा बाख्रा उपहार प्रदान गरिएको हो ।
बाख्रा उपहार हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उपहार स्वरुप प्राप्त बाख्राको सही सदुपयोग गरी व्यवसायीक रुपमा बाख्रा पालनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले व्यसायिक रुपमा बाख्रा पालन गरेमा नगरपालिकाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख थापाले बैंकबाट ऋण लिएर व्यवसायिक फर्म सञ्चालन गर्नेलाई नगरपालिकाले व्याज तिरिदिने समेत जानकारी दिनुभयो । उहाँले व्यक्तिगत वा सामुहिक रुपमा फर्म दर्ता गरेर व्यवसायिक बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन आवश्यक रहेको औंल्याउनुभयो । साथै नगर भित्रका कृषि तथा पशु उत्पादनको बजारिकणका लागि नगरपालिकाले सहजिकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उपहारको रुपमा पाएको बाख्राबाट बढि भन्दा बढि उत्पादन गरेर उदाहरणीय बन्न आग्रह गर्नु भएको छ ।रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा चौतलादेवि स्वाबलम्बन महिला समूहले कृष्ण देवि स्वाबलम्बन महिला समुूहका दिदिबहिनिहरुलाई १८ वटा माउ पाठी बाख्रा हस्तान्तरण गरेको हो ।