Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ १२ मा विद्यार्थीलाई ठेउलाको संक्रमण, डब्युएचओको टोलीद्धारा नमुना संकलन

वालिङ १२ मा विद्यार्थीलाई ठेउलाको संक्रमण, डब्युएचओको टोलीद्धारा नमुना संकलन

  • सन्देश भण्डारी
  • बुधवार, जेठ २४ २०८०


  • वालिङ १२ मा विद्यार्थीलाई ठेउलाको संक्रमण, डब्युएचओको टोलीद्धारा नमुना संकलन

    जेष्ठ २४,वालिङ 
    स्याङ्जाको वालिङ १२ सिर्सेकोट कोखेमा विद्यार्थीलाई ठेउलाको संक्रमण देखिएको छ । विद्यार्थीहरुमा एउटै खालका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वोरो आउने समस्या देखिएको थियो । विगत ५ दिनदेखि विद्यार्थी तथा समुदायका व्यक्तिलाई समेत गरी धेरै संख्यामा संक्रमण देखिएपछि मंगलबार जनस्वाथ्य कार्यालय, वालिङ गह्रौँ अस्पतालका स्वास्थ्यकर्मीकोे टोलीले परिक्षण गरी औषधी प्रदान गरेका थिए । शुरुमा एकदुई जना हुँदै विद्यालयका २० जना विद्यार्थीलाई समेत संक्रमण देखिएको हो ।
    धेरै संख्यामा एकैपटक विद्यार्थी र समुदायका अन्यमा समेत संक्रमण देखिएपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधिहरु समेत सिर्सेकोट पुगेका थिए । उक्त टोलीले संक्रमणको नमुना परिक्षणका लागी स्वाब तथा रगत संकलन गरि लगेका छन् । लक्षण अनुसार ठेउला भएको प्रारम्भिक चरणले देखाएपनि धेरै संख्यामा देखिएकाले नमुना परिक्षणका लागी काठमाडौ लगिँदैछ । रोग सरुवा भएकाले सामाजिक दुरी कायम गरी हावाबाट बच्न आग्रह गरिएको छ । समुदायमा सचेतना लगाउने, सावधानी अपनाउन आग्रह गरिएको वालिङ नगरपालिका स्वास्थ्य साखाप्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । त्यहाँको विद्यालय आउँदो शुक्रबारसम्मका लागी बन्द गरिएको छ ।

    बुधवार, जेठ २४ २०८००८:२२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend