Logo

शनिवार, कार्तिक १ गते २०८३

images

महिलाहरुका लागि रामपुरमा बाख्रा वितरण

महिलाहरुका लागि रामपुरमा बाख्रा वितरण

  • गोपाल जिटी
  • मंगलवार, जेठ ३० २०८०


  • महिलाहरुका लागि रामपुरमा बाख्रा वितरण

    जेष्ठ ३० वालिङ ।
    पाल्पाको रामपुरमा महिलाहरुलाई बाख्रा वितरण गरिएको छ ।
    रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको हो । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, पछौटेपन उन्मुलन समाज बेस नेपालको सहजिकरणमा सञ्चालनमा रहेको परियोजनाले बाख्रा प्रदान गरेको हो ।रामपुर नगरपालिकाका वडा नं. ३, ६, ७, ८, ९ र १० का गरी ९ वटा महिला समूहलाई एक कार्यक्रमका बीच ६० वटा बाख्रा वितरण गरिएको छ ।
    बाख्रा उपहार प्रदान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले महिलाहरुलाई आत्मनिर्भर तथा स्वावलम्बी बनाउन बाख्रा उपहार प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले प्राप्त बाख्राको उचित हेरचाह गर्दै व्यवसायीक बन्न महिलाहरुलाई आग्रह गर्नुभयो । नगरपालिकामा बाख्रापालनको राम्रो सम्भावना छ । विगतमा बाहिरबाट बाख्रा आयात गरी वितरण गरिएको थियो, यस पटक नगर भित्रका कृषकहरुबाट खरिद गरी वितरण गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।
    कार्यक्रममा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संयोजक सञ्जु परियारले माग र आवस्यकताको आधारमा बाख्रा वितरण गरिएको जानकारी दिनुभयो ।वडा नं. ३ को अकलादेवी स्वावलम्बन महिला समूहलाई १९, वडा नं. ६ को कालिका स्वावलम्बन महिला समूहलाई ५, नवदुर्गा स्वावलम्बन महिला समूहलाई ३ वटा बाख्रा प्रदान गरिएको छ । यसैगरी वडा नं. ७ को मौलाकालिका स्वावलम्बन महिला समूहलाई ८ वटा, मिलिजुली स्वावलम्बन महिला समूहलाई ३ , शित्तल नगर स्वावलम्बन महिला समूहलाई ५ र वडा नं. ८ को दिदीबहिनी स्वावलम्बन महिला समूहलाई ५ वटा वितरण गरियो । यस्तै वडा नं. ९ को सशक्तिकरण स्वावलम्बन महिला समूहलाई ४ वटा र वडा नं. १० को मिलनसार स्वावलम्बन महिला समूहलाई ९ वटा बाख्रा प्रदान गरिएको थियो ।

    मंगलवार, जेठ ३० २०८००८:०५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend