Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नगरपालिका र युवा उद्यमीहरु बीच अन्तरक्रिया

नगरपालिका र युवा उद्यमीहरु बीच अन्तरक्रिया

  • गोपाल जिटी
  • बुधवार, जेठ ३१ २०८०


  • नगरपालिका र युवा उद्यमीहरु बीच अन्तरक्रिया

    पाल्पाको रामपुरमा रामपुर नगरपालिका र युवा उद्यमीबीच अन्तरक्रिया गरिएको छ । रामपुर नगरपालिका र युवा स्वरोजगार व्याज अनुदानमा आवद्ध युवा उद्यमीहरु बीच अन्तरक्रिया गरिएको हो । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा कार्यक्रम भएको हो । रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत व्याज अनुदानमा आवद्ध युवाहरु बीच अन्तरक्रिया गरिएको हो ।

    नगरपालिकाले कृषि तथा पशुपालन उद्यमी युवाहरुका लागि सञ्चालन गरेको युवा स्वरोजगार अन्तर्गतको व्याज अनुदान सम्बन्धी जानकारी दिन तथा आगामी नीति तथा कार्यक्रममा आवश्यक सुझाव लिनको लागि अन्तरक्रिया गरिएको नगरपालिकाले जनाएको छ ।

    अन्तरक्रियामा नगर प्रमुख रमणबहादुर थापाले युवा स्वरोजगार अन्तर्गत व्याज अनुदान कार्यक्रम रामपुर नगरपालिकाले देश मै पहिलो पटक सुरुवात गरेको दावी गर्नुभयो । उहाँले युवाहरुलाई स्वदेश मै सफल उद्यमी बन्न आग्रह गर्दै नगरपालिकाले यस अघि ३० लाख सम्मको व्याज अनुदान दिदै आएकोमा आवश्यकता अनुसार परिमार्जन गर्दै अघि बढ्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुको बजारिकरणमा पनि सहयोग गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले व्यासायीक रुपमा उद्यम गर्न अनुरोध गर्नु भयो । कतिपय कृषकहरु व्याज अनुदान पाउँदासम्म  मात्रै व्यवसाय गर्ने र त्यस पश्चात छाड्ने गरेको पाईएको भन्दै उहाँले व्यवसायलाई निरन्तरता दिई आर्थिक रुपमा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । साथै व्यसायलाई निरन्तरता दिनेहरुका लागि सहयोग र अनुदानको कमी नहुने उल्लेख गर्नुभयो । 

    बुधवार, जेठ ३१ २०८००८:३५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend