Logo

आइतवार, कार्तिक २ गते २०८३

images

अवैध लागुऔषधसहित दुईजना पक्राउ

अवैध लागुऔषधसहित दुईजना पक्राउ

  • PNN Times
  • आइतवार, आश्विन ११ २०७७


  • अवैध लागुऔषधसहित दुईजना पक्राउ

    असोज ११, स्याङ्जा ।  अवैध लागुऔषधसहित जिल्ला प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अर्जुनचौपारी गाउपालिका–२ मजुवाका २२ बर्षिय कृष्णबहादुर गुरुङ र ३ नम्बर वाडका ६३ बर्षिय तुलबहादुर क्षेत्रीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

    गुरुङको घरको कोठा खानतलासी गर्दा हरियो गाजा ८४ ग्राम, सुकेको ४० ग्राम, बम्फु, बांसको चिलिम, स्टिल पेपर फेला पारेको प्रहरीले जनाएको छ । 
    वरामद लागुऔषध कहाबाट खरिद गरको भनि प्रहरीले सोधपुछ गर्दा क्षेत्रीकोबाट ल्याएको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । प्रहरीले क्षेत्रीको घरकोठा खानतलासी गर्दा लागुऔषध गाजा ३ किलो फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।

    images

    अवैध ३ किलो १२४ ग्राम गाजासहित दुईजनालाई जिल्ला अदालतबाट २५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य गरिएको प्रहरीले बताएको छ  । 

    आइतवार, आश्विन ११ २०७७०५:५८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend