Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ नगरपालिकाको बजेट १ अर्ब ८ करोड ८९ लाख ८३ हजार

वालिङ नगरपालिकाको बजेट १ अर्ब ८ करोड ८९ लाख ८३ हजार

  • सन्देश भण्डारी
  • आइतवार, आषाढ १० २०८०


  • वालिङ नगरपालिकाको बजेट १ अर्ब ८ करोड ८९ लाख ८३ हजार
    असार १० वालिङ ।
    वालिङ नगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ का लागि १ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिको १४ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले आ.व.०८०÷०८१ को लागि १ अर्व ८ करोड ८९ लाख ८३ हजार विनियोजन गरेको सार्वजनिक गर्नुभएको हो । 
    उपप्रमुखले तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार अर्थात ५६. १३ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ३३ लख ५१ हजार ४३. ८७ प्रतिशत रहेको छ । विनियोजित बजेटमा आर्थिक विकासका लागि ११ करोड ४० लाख ३३ हजार १५०, सामाजिक विकासमा ६ करोड ५१ लाख ६१ हजार, पूर्वाधार विकासमा ९ करोड ७७ लाख ८००, सुशासन र अन्तर्सम्बन्धतर्फ ३ करोड ५५ हजार ९०० रहेको छ ।
    अनुमानित बजेटको स्रोत व्यवस्थापनको लागि आर्थिक विकासको लागि आन्तरिक स्रोत  वृद्धिलाई मुख्य रुपमा लिइएको छ । आन्तरिक आयस्रोत वृद्धि गरी ३१ करोड पु¥याइने लक्ष्य लिइएको छ । 
    संघीय वित्तीय समानीकरणबाट १४ करोड ९६ लाख, संघीय सरकार राजस्व बाँडफाँड १३ करोड २२ लाख ४६ हजार, संघीय सरकार सशर्त अनुदान ४१ करोड ४४ लाख प्रक्ष्येपण गरिएको छ ।  संघिय सरकार विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार समानीकरण अनुदान २ करोड ११ लाख ४९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड १ करोड ५५ लाख ८८ हजार, प्रदेश सरकार ससर्त अनुदान ५० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख रहेको छ । 
    विनियोजित बजेटबाट नगरपालिकाका १४ वटा वडाहरुमा ६ करोड ५० लाख छुट्याइएको छ । वडाहरुमा पठाइने बजेट संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानको स्रोत रहने छ । 

    आइतवार, आषाढ १० २०८००७:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend