Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रोटरी क्लव अफ वालिङद्वारा  क्लव अफिसर तालिम सम्पन्न 

रोटरी क्लव अफ वालिङद्वारा  क्लव अफिसर तालिम सम्पन्न 

  • मोहन सुनार
  • मंगलवार, आषाढ १२ २०८०


  • रोटरी क्लव अफ वालिङद्वारा  क्लव अफिसर तालिम सम्पन्न 

    असार १२, वालिङ ।
    रोटरी क्लव अफ वालिङको क्लव अफिसर तालिम सम्पन्न भएको छ । आइतबार क्लवले क्लव एसेम्ब्ली तथा अफिसर लक्षित तालिम सम्पन्न गरेको हो ।विशुद्ध सामाजिक कार्यमा समर्पित क्लवले आगामी नेतृत्वको लागि भावी योजना तयार गर्नको लागि तालिमको आयोजना गरेको अध्यक्ष सीता पाण्डेय डुम्रेले बताउनुभयो ।
    अध्यक्ष डुम्रेले सामाजिक,आर्थिक तथा शैक्षिक पक्षले विपन्न समुदाय तथा वर्ग लक्षित सामाजिक सेवामा क्लवले महत्वपूर्ण कार्य गरिरहेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि समाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।अध्यक्ष डुम्रेले  सामाजिक सेवाको क्षेत्रमा क्लवको आफ्नै सामथ्र्य तथा सहयोगीहरु व्यक्ति तथा संस्थाहरुको सहयोगमा ह्विल चेयर वितरण, अभिभावक विहिन बालबालिकाहरुको लागि न्यायो कपडा तथा खाद्यान्न सहयोग ,खानेपानी समस्या समाधान,विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माण,मृगौला रोगीहरुको लागि निःशूल्क डायलासिस सेवा प्रदान लगायतका कामहरु गरेको जानकारी दिनुभयो ।

    uuu.jpg
    उहाँले वर्ष २०२२÷२३ को अन्त्यसँगै क्लवका गतिविधि,उपलब्धि तथा रिपोर्टिङ प्रस्तुत गर्दै आगामी वर्षको लागि तय गरिएका योजनाहरुको बारेमा पनि जानकारी दिनुभएको थियो ।
    किशोरीहरुलाई सचेतना जगाउन विभिन्न टोलहरुमा पुगी ‘द योङ लेडी’ नामक कार्यक्रम पनि सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष डुम्रेले सामाजिक कार्यमा रोटरी क्लव अफ वालिङ निरन्तर क्रियाशिल हुने स्पष्ट पार्नुभयो ।
    तालिमका प्रमुख अतिथि एसिस्टेन्ट गभर्नर पुरन कुँवरले क्लवको स्थायित्वको लागि सदस्यहरुको दीगोपना,वृद्धि, र ठोस योजना आवश्यक रहेको औँल्याउनुभयो । उहाँले आगामी वर्षहरुमा क्लवलाई सशक्त रुपमा अगाडि बढाउन हर प्रयास र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै समस्यहरुको समाधानमा आफ्नो योगदान रहेको स्पष्ट पार्नुभयो ।

    images

    eee.jpg
    क्लवको आगामी योजना निर्माणको लागि टेवा पु¥याउने उद्धेश्यले आयोजित तालिममा प्रशिक्षकहरु रोटरीयन सुवास सिग्देल, रोटरीयन उपेन्द्र पौडेल र रोटरीयन विकास अधिकारीले रोटरी कलवको आधिकारीक वेभसाइट ‘माई रोटरी’को प्रयोग,क्लवमा सदस्यहरुको वृद्धि,क्लवको कार्यगत योजना निर्माण,क्लवलाई सशक्त र दीगोरुपमा सञ्चालनको लागि आवश्यक योजनाहरु लगायतका विषयमा तालिम प्रदान गरेका थिए ।
    क्लवलाई सशक्त र दीगो बनाउने उद्धेश्यले सञ्चालन गरिएको तालिममा ३५ जनाको सहभागिता रहेको क्लवले जनाएको छ ।

    मंगलवार, आषाढ १२ २०८०१०:२०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend