Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा शिक्षण अभिमुखिकरण सम्पन्न

रामपुरमा शिक्षण अभिमुखिकरण सम्पन्न

  • PNN Times
  • मंगलवार, आषाढ १९ २०८०


  • रामपुरमा शिक्षण अभिमुखिकरण सम्पन्न
    असार १९ पाल्पा।
    पाल्पाको रामपुरमा शिक्षकहरुलाई शिक्षण अभिमुखिकरण तालीम प्रदान गरिएको छ । आधारभूत तहका अंग्रेजी विषयका शिक्षकहरुका लागि २ दिने शिक्षण अभिमुखिकरण तालीम प्रदान गरिएको हो ।
    कार्यक्रमको समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अंग्रेजी सुधारका लागि शिक्षकहरुको महत्वपूर्ण भुमिकाहुने बताउनुभयो । विद्यालयमा अध्ययपन गराउने शिक्षकको मेहनतमा विद्यार्थी र समग्र विद्यालयको शैक्षिक गुणस्तर निर्भर हुने नगर प्रमुख थापाले उल्लेख गर्नुभयो । कक्षा शिक्षणलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनका लागि शैक्षिक सामग्री र शिक्षण विधिमा सुधार्न उहाँले आग्रह गर्नुभयो । नगर प्रमुख थापाले जुनसुकै क्षेत्रको दीर्घकालिन विकासका लागि समुदायमा शिक्षाको विकास हुन जरुरी रहेको औंल्याउनुभयो ।
    भौतिक विकासले मात्र कुनै पनि क्षेत्रको विकास भएको मानिदैन, यसका लागि मानिसको मस्तिष्कको विकास हुन आवश्यक छ । मानिसको मस्तिष्कको विकास भएमात्र हरेक विकासले सार्थकता पाउछ । भौतिक विकासका लागि जनप्रतिनिधि लागेको विश्वास व्यक्त गर्दै नगर प्रमुख थापाले नगरको शैक्षिक र सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले शिक्षकले चाहेमा विद्यालय र विद्यार्थीको अंग्रेजी विषयमा सुधार हुने बताउनुभयो । 

    मंगलवार, आषाढ १९ २०८०१०:०४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend