Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयुँ : छहरे झरनाको आकर्षण र क्यानोनिङ सम्भावना

पैयुँ : छहरे झरनाको आकर्षण र क्यानोनिङ सम्भावना

  • PNN Times
  • आइतवार, आश्विन ११ २०७७


  • पैयुँ : छहरे झरनाको आकर्षण र क्यानोनिङ सम्भावना

    असोज ११, पैयुँ पर्वत । स्याङ्जाको वालिङ बजारबाट दक्षिण पर्वत तर्फ लागेपछि १५ किलो मिटर पार गरेपछि पुग्ने ठाउँ हो छहरे झरना । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ बानीडाडामा अवस्थित यो झरनामा गर्मी होस् वा जाडो, घुम्न जाने धेरै भेटिन्छन । वालिङ–हुवास सडक खण्डको डुम्रेभञ्ज्याङबाट बायाँ तर्फ १० मिनेट र सोही सडक खण्डको चिसापानीबाट बाया तर्फ ३० मिनेट सवारी साधनमा हिँडेपछि पुगिन्छ छहरे झरनामा । जुन झरना दक्षिण पर्वत र स्याङ्जा क्षेत्रकै खास आकर्षण बनेको छ ।
     
    2.JPG

    झरनामा कच्ची मोटर बाटो पुगेको छ । जीप, मोटरसाइकल सहजै पुग्छ । ठूला बस र निजी सवारी साधन लिएर आउनेहरू डुम्रेभञ्ज्याङमा पार्किङ गरी झरनातर्फ पैदल पनि जान सकिन्छ । वालिङ–हुवास सडकबाट झरना देखिँदैन । डुम्रेभञ्ज्याङ–भुर्तेलथोक, त्रिवेणी सडक खण्ड अन्तरगत यो झरना पर्दछ । झरनाबारे जानकारीमूलक सूचना बोर्ड राखिएको छ  । युट्युबमा छहरे झरना पैयूँ पर्वत खोज्ने हो भने प्रशस्तै लोभलाग्दा भिडियो पाइन्छन् । झरना अलौकिक लाग्छ । एक सय २० मिटर भन्दा लामो झरनामा पानी निरन्तर झर्दछ ।
     
    यहाँ पुग्नेहरू थकान मेटाएको अनुभूति गर्दै घण्टौं भुल्छन । स्वर्गको अनुभुति गर्दछन । अघिल्लो साता वालिङदेखि झरनाको अवलोकनमा पुगेकि ममता डुम्रे भन्छिन आज सम्म यस्तो रमाइलो झरना भएको ठाउँ देखेकी थिइन । यो ठाउँमा पनि यति राम्रो र यस्तो झरना हेर्न र झरनाको पानीमा भिज्दै फोटो खिच्न पाउदा अत्यन्तै खुशी लागेको छ । यसलाई थप व्यवस्थापन गर्न सके अझ राम्रो हुने ममताले बताइन ।
     
     
    6.jpg

    गत भदौमा वण्डरफुल वालिङबाट  गणेश राउतको नेतृत्वमा १४ जनाको समूह छहरे झरनामा पुगेको थियो । करिब ५ घण्टा उनिहरु झरना अवलोकनमा बिताए । ‘साह्रै रमाइलो लाग्यो,’ उनले भने, ‘धेरै फोटो खिच्यौं । फोटो खिच्दा पानीले भिजेको पनि पत्तो पाइएन ।’

    गर्मी मौसममा शितल खोज्नेहरूको भीड झरनामा देखिन्छ । झरना नजिकै पुग्दा शरीर भिजिसकेको हुन्छ । चिसो मौसममा पनि पानीमा भिजिरहेको, भिडियो र फोटो खिचिरहेका दृश्य नौला लाग्दैनन् । कलेज र विद्यालयको शैक्षिक भ्रमणको गन्तव्य प्रायसः यही झरना बन्ने गरेको छ । त्यसो त झरना फिल्म र म्युजिक भिडियो छायांकन गर्न पनि सकिन्छ  ।

    असोज ११ गते आईतबार अनुगमनको क्रममा छहरे झरना पुगेका पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले झरना अत्यन्तै राम्रो लागेको र यो पर्यटकीय र प्राकृतिक सम्पादाको दृष्टिकोणले महत्वपूर्ण रहेको बताए । पर्यटकीय क्षेत्रमा विकास गर्न सबै निकायले ध्यान दिएमा यहाँ वाह्य तथा आन्तरीक पर्यटक ल्याउन सकिने र पैयुँको आर्थिक विकासमा समेत ठुलो योग्दान पुग्ने बताए ।  
     
    3c.JPG
     
    छहरे झरनामा पर्यटन विकास गर्नको लागि क्यानोनिङ निर्माणमा लागि परिरहेका पत्रकार निर्भीक नारायणले झरनामा दैनिक ५० देखि १०० सयको संख्यामा विभिन्न ठाउँबाट मानिसहरु घुम्न आउने गरेको सुनाए । यहाँ क्यानोनिङ निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक धेरै आउने भुर्तेलले बताए ।  पत्रकार भुर्तेल भन्छन्, ‘स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाईडिङ गर्न आउने पर्यटकहरुलाई यहाँ क्यानोनिङको लागि ल्याउन सकिन्छ ।
     
    IMG_1416.jpeg
     
    प्याराग्लाईडिङ  गराउने गाइडहरूले नै पर्यटकलाई झरनासम्म ल्याउँने छन । झरनाको तल पोखरी निर्माण गर्न सके गर्मीमा स्विमिङकै लागि आन्तरिक पर्यटक आउने सम्भावना छ । घुम्न आउनेहरूबीच फोटो खिच्न प्रतिस्पर्धा चल्छ । भीडमा जता हेर्यो, उतै फोटो खिचिरहेको देखिन्छ । कोही सेल्फी त कोही उफ्रिएर रमाएको फोटो खिच्न तल्लीन बन्छन ।
     
    3.JPG
     
    ‘क्यानोनिङ सुरु भएपछि झरनाको प्रचार राम्रै हुन्छ ।  अझै राम्रोसँग प्रचारप्रसार गर्नु आफुहरु लागि परेको स्थानीय रेमन न्यौपाने बताउँछन । उनका अनुसार लकडाउन पछि झरना हेर्नेको भीड बढेको हो  । क्यानोनिङका जानकारहरु उक्त झरनामा अन्तरराष्ट्रिय क्यानोनिङ प्रतियोगिता समेत गर्न उपयुक्त भएको बताउँछन् ।
     
    120116981_2762660267347820_1921533539492102836_n.jpg
     
    झरना नजिक रात बिताउन कुनै समस्या छैन । त्यसका लागि झरना नजिक रहेको बानिडाँडा र भुर्तेलथोक गाउँ छ । लोकल कुखुराको मासु, ढिँडो र गुन्द्रुक खुवाउने गरी होमस्टे सञ्चालन गर्न स्थानीय लागिपरेका छन । झरनादेखि केहि माथि गुरुङ गाउँ छ । जहाँ गुरुङ समुदायको बाक्लो बस्ती रहेको छ । क्यानोनिङ निर्माण भएसंगै यहाँ होमस्टे सञ्चालन हुने छ ।  झरना नजिकै लट्ठे पिङ बनाउन युवाहरु लागि परेका छन ।
     
    IMG_6518.jpg
     

    आइतवार, आश्विन ११ २०७७०८:१५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend