Logo

शनिवार, कार्तिक १ गते २०८३

images

१ लाख शब्दहरुको संगालो “फलाङ फुड डिक्सनरी” सार्वजनिक

१ लाख शब्दहरुको संगालो “फलाङ फुड डिक्सनरी” सार्वजनिक

  • PNN Times
  • सोमवार, श्रावण ८ २०८०


  • १ लाख शब्दहरुको संगालो “फलाङ फुड डिक्सनरी” सार्वजनिक

    जाेगराज पाठक

    साउन ८, वालिङ । १ लाख शब्दहरुको संगालो फलाङ फुड डिक्सनरी सार्वजनिक गरिएको छ । पत्रकार शिव न्यौपानेद्वारा लिखित ‘फलाङ फुड डिक्सनरी’ शनिबार अष्ट्रेलियाको मेलवर्नमा सार्वजनिक गरिएको हो ।
    ६ सय ४ पृष्ठको ‘फलाङ फुड डिक्सनरी (शब्दकोष) मा विश्वभरीका खानेकुरा सम्बन्धी शब्दको अर्थसहितका शव्दहरु समेटिएका छन् । 
    नेपाली लेखकले लेखेको खाद्यपरिकार सम्बन्धी पहिलो शब्दकोषमा क्युलिनरी आर्टसँग सम्बन्धी शब्दका अर्थहरू समावेश गरिएका छन् । शब्दकोषमा विश्वभरीका खानेकुरा सम्बन्धी शब्दको अर्थ स्पष्ट बुझिनेगरी राखिएको लेखक न्यौपानेले जानकारि दिनुभएको हो । नेपालीसँगै विश्वभरका खाद्य परिकारको शब्दकोष मार्फत रेस्टुरेन्टहरूमा काम गरिरहेका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी उत्प्रेरित हुने विश्वास गरिएको छ ।
    विद्यार्थी जीवनमा होटल रेन्टुरेन्ट क्षेत्रमा काम गरेको अनुभव, फुड जोर्नालिजम मार्फत नेपाली खाद्य परिकारको प्रचार पसारलगायतको उद्देश्यले शब्दकोष तयार पारिएको न्यौपानेले जानकारी दिनुभयो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनबाट प्रशंसा पत्र प्राप्त गरेसँगै फुड जोर्नालिजम र खाद्यपरिकारको विश्वब्यापी जानकारीका लागि प्रेरित भएको लेखक न्यौपानेले उल्लेख गर्नुभयो ।
    ‘फलाङ फुड डिक्सनरी’ गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, अष्ट्रेलियामा नेपाली समुदायमाझ चर्चित व्यक्ति नेपालका महावाणिज्यदूत चन्द्र योन्जन लगायतको उपस्थितिमा ‘फलाङ फुड डिक्सनरी (शब्दकोष) सार्वजनिक गरिएको थियो । 
    विगत १५ वर्षदेखि अष्ट्रेलियाको मेलबर्न क्षेत्रमा बस्दै आउनुभएका न्यौपाने २३ वर्षदेखि पत्रकारिताको क्षेत्रमासमेत सक्रीय हुनुहुन्छ ।

    images

    सोमवार, श्रावण ८ २०८००६:०९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend