Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सवारी व्यवस्थापनको लागि वालिङ नगरपालिकाद्वारा पार्किङ निर्माण

सवारी व्यवस्थापनको लागि वालिङ नगरपालिकाद्वारा पार्किङ निर्माण

  • सन्देश भण्डारी
  • मंगलवार, श्रावण ३० २०८०


  • सवारी व्यवस्थापनको लागि वालिङ नगरपालिकाद्वारा पार्किङ निर्माण

    साउन ३०,वालिङ ।
    बढ्दो सवारी चापको व्यवस्थापनको लागि वालिङ नगरपालिकाले पार्किङ निर्माण गरेको छ । वालिङ नगरपालिका वडा नं. ८ मोडमा नगरपालिकाले पार्किङ निर्माण गरेको हो ।
    सवारी चापको कारण बजारमा पार्किङ अव्यवस्थित बनेसँगै सर्वसाधारणहरुको गुनासो आएको थियो ।वालिङको मुख्य बजार मोड,भिआइपी टोल,नयाँबजार लगायतका क्षेत्रमा व्यापारीक प्रयोजनका लागि आउने सर्वसाधारण तथा पैदल यात्रीहरुलाई समेत असहज पुगेको गुनासो आएपछि पार्किङ निर्माण गरिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
    वालिङमा निर्माणाधीन बसपार्कको टेण्डर प्रक्रिया सुरु नहुँदासम्म पार्किङले बजार क्षेत्रमा सवारी व्यवस्थापन हुने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो ।‘बसपार्क निर्माणको काम केही बिलम्ब भएको छ , यसको टेण्डर प्रक्रिया सुचारु नहुँदासम्म पार्किङ व्यवस्थापन हुनेछ ।’
    वालिङ मोडमा ( मुक्तिनाथ विकास बैङ्कको अगाडि) निर्माण गरिएको पार्किङमा साना सवारीहरु(मोटरसाइकल तथा कार,जीप) पार्किङ गरिने नगरपालिकाले जनाएको छ । 
    बजारमा व्यापारीक कामकाज तथा अन्य कामको लागि बजारमा सवारी लिएर आउनेहरुले उक्त पार्किङ स्थलमा सवारी पार्किङ गर्नुपर्नेछ ।

    मंगलवार, श्रावण ३० २०८००८:१९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend