Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा पार्किङ तथा भाडा समायोजन सम्बन्धी बैठक सम्पन्न

वालिङमा पार्किङ तथा भाडा समायोजन सम्बन्धी बैठक सम्पन्न

  • सन्देश भण्डारी
  • सोमवार, भाद्र ४ २०८०


  • वालिङमा पार्किङ तथा भाडा समायोजन सम्बन्धी बैठक सम्पन्न

    भाद्र ४,वालिङ ।
    वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा भाडादर कायम गर्ने सम्बन्धमा बैठक सम्पन्न भएको छ ।नगरप्रमुख कृष्ण खाँणको अध्यक्षता,ट्राफिक प्रहरी,जीप तथा अटो व्यवसायी र उद्योग वाणिज्य संघको उपस्थितिमा बसेको बैठकले वालिङमा सञ्चालित सवारीसाधनहरुको व्यवस्थापनको लागि विभिन्न निर्णयहरु गरेको छ ।
    सोमबार बसेको बैठकले वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्ने निर्णय गरेको छ । 

    367837450_253376210853937_72221658849311256_n.jpg
    त्यस्तै बैठकले वालिङमा सञ्चालित अटो रिक्साको भाडा पनि निर्धारण गरेको छ । अटो रिक्साको भाडा कच्ची सडकमा तीन कि.मि.सम्म प्रतिव्यक्ति रु.१५ कायम हुने निर्णय गरेको छ । पक्की सडकमा तीन कि.मि.सम्म प्रति कि.मि.प्रतिव्यक्ति रु १० कायम गरेको छ । कच्ची सडकमा तीन कि.मि.भन्दा बढी दुरीमा प्रति कि.मि.रु १० तथा सोही प्रकृतिमा पक्की सडकमा प्रति कि.मि.रु १५ भाडादर कायम गरेको छ ।
    यसैगरी स्याङ्जा पपर्वत प्रा.लि.बाट सञ्चालित जीपहरु भुम्रेचोकदेखि माथि कृषि विकास बैङ्कको पछाडिको खाली जग्गामा पार्किङ गर्ने निर्णय पनि गरेको छ । 

    images

    सोमवार, भाद्र ४ २०८००३:२४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend