Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हुँगीघाटमा नौद्वार विश्राम गृह शिलान्यास

हुँगीघाटमा नौद्वार विश्राम गृह शिलान्यास

  • मोहन सुनार
  • बिहिवार, भाद्र २१ २०८०


  • हुँगीघाटमा नौद्वार विश्राम गृह शिलान्यास

    भाद्र २१,वालिङ । 
    स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ११ हुँगीमा नौद्वार विश्रामगृहको शिलान्यास गरिएको छ । शुभयात्रा संस्थाले बुधबार कृष्ण जन्माष्टमीका दिन नौ द्वार अर्थात ९ कोठे विश्रामगृह शिलान्यास गरेको हो । 
    विश्राम गृहको शिलान्यास गर्दै गण्डकी प्रदेशका सांसद महेश भट्टराईले कालीगण्डकी नदीको पवित्र तटमा पवित्र कार्यको थालनी भएको बताउनुभयो । उहाँले स्थानीय तह समृद्ध बन्न धार्मिक पर्यटकीय कार्यलाई एकिकृत रुपमा अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।सांसद भट्टराईले गण्डकी प्रदेश सरकारले पूर्वाधार र धार्मिक पर्यटकीय विकालाई सँगसँगै लैजान आवधिक तथा बहुवर्षीय योजना बनाएर काम गरेको बताउँदै हँुगीघाट पुलसम्म सडक निर्माणको लागि बजेट व्यवस्था गरेको जानकारी दिनुभयो ।
    संस्थाले आफ्नो २५ वर्ष पुगेको अवसर पारेर कालिगण्डकी तीरमा धार्मिक तथा ऐतिहासिक महत्व रहेको हुँगीमा विश्रामगृह निर्माणका लागि भूमि पूजासहित शिलान्यास गरेको संस्थाका अध्यक्ष मधुसुदन गैह«ेले जानकारी दिनुभयो । यसका लागि पाँचभाई गैह«ेको भूमिलाई कोषकारुपमा रहनेगरी र अरु जग्गाको व्यवस्थापन गरिने उहाँको भनाई छ ।
    कालीगण्डकीको तीरमा बिभिन्न १९ वटा स्थानमा काम गर्ने योजना रहेको संस्थाको यो पहिलो कार्यक्रम हो । ऐतिहासिक एवम् धार्मिक महत्व रहेको यो स्थानबाट संस्थाले कामको थालनी गर्नेसमेत अध्यक्ष गैह«ेले उल्लेख गर्नुभयो । पवित्र कालिगण्डकीको सभ्यतालाई विश्वाव्यापीरुपमा प्रचार गर्ने उद्देश्यले विश्रामस्थल निर्माणमा लागिएको हो । 

    बिहिवार, भाद्र २१ २०८००८:४८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend