Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कृषि गर्ने जमिनको क्षेत्रफल घट्याे, कृषक परिवार बढ्याे

कृषि गर्ने जमिनको क्षेत्रफल घट्याे, कृषक परिवार बढ्याे

  • PNN Times
  • बिहिवार, भाद्र २१ २०८०


  • कृषि गर्ने जमिनको क्षेत्रफल घट्याे, कृषक परिवार बढ्याे

    भदाै २१, काठमाडौं । नेपालमा कृषि गर्ने जमिन घटेकाे र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । साताैं कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हाे ।

    नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालकाे तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हाे । 

    images

    अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।

    नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नया तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियाे । 

    बिहिवार, भाद्र २१ २०८००१:२८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend