Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रोटरी क्लव अफ वालिङद्वारा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

रोटरी क्लव अफ वालिङद्वारा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • मोहन सुनार
  • बिहिवार, भाद्र २१ २०८०


  • रोटरी क्लव अफ वालिङद्वारा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    भाद्र २१,वालिङ ।रोटरी क्लव अफ वालिङले हरितालिका(तीज) को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा क्लवले बिहिबार वालिङमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले परम्परागत रुपमा मनाइँदै आएका पर्वहरुको मौलिक,साँस्कृतिक तथा सामाजिक महत्व रहेको उल्लेख गर्नुभयो ।

    IMG_4497.JPG
    उहाँले महिला सशक्तिरकणको लागि तीज पर्वको फरक महत्व रहेको बताउँदै नारी चेतनालाई बढाउँदै आत्मनिर्भर बन्न आवश्यक रहेको भनाई व्यक्त गर्नुभयो ।रोटरी क्लव अफ वालिङले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै सांसद तिवारीले समाज परिर्वतन र महिला जागरणको कार्यमा क्लवको अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो ।‘रोटरी क्लव अफ वालिङले गरेको अथक पहलले नै अहिले वालिङ सामुदायिक डायलासिस सेन्टरमा करिब ५० जना मृगौला पिडितहरुले निःशूल्क सेवा लिइरहेका छन्’ सांसद तिवारीले भन्नुभयो–‘सार्वजनिक शौचालय निर्माण,विद्यालयमा छात्रामैत्री शौचालय निर्माण,स्यानीटरी प्याड वितरण लगायतका धेरै सामाजिक कार्यमा रोटरी क्लव अफ वालिङको महत्वपूर्ण योगदान रहेको छ ।’शुभकामना आदान प्रदान कार्यक्रममा क्लवका अध्यक्ष सीता पाण्डे डुम्रेले नारी सामथ्र्यको उजागर गर्न आवश्यक रहेको बताउनुभयो । 

    images

    IMG_4394.JPG
    अझैपनि नारीहिंसाका घटनाहरु कम हुन नसकेको उल्लेख गर्दै उहाँले महिला वर्गलाई शैक्षिक तवरले शिक्षित र आर्थिक हिसाबले आत्मनिर्भर बनाउन तीनै तहका सरकारले ठोस कार्यक्रमहरु अवलम्बन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।शुभकामना आदानप्रदान कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ,युवा उद्यमी पिताम्बर खनाल(सुशिल),अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य खगिसरा थापा,महिला उद्यमी मञ्जु केसी लगायतले शुभकामना मन्तव्य राख्दै महिला सशक्तिकरणबाट मात्र समाज समृद्ध बन्न सक्ने धारण राखेका थिए । कार्यक्रममा  सामाजिक कार्यमा क्रियाशिल महिलासमुह, वडा प्रहरी कार्यालय वालिङमा कार्यरत महिला प्रहरीहरु,सहकारी अभियान्ता लगथायतको उपस्थिति रहेको थियो ।

    IMG_4457.JPG

    IMG_4471.JPG

    बिहिवार, भाद्र २१ २०८००८:३४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend