Logo

शनिवार, कार्तिक १ गते २०८३

images

महिला भनेको शक्ति हो—पूर्व मन्त्री अर्याल

महिला भनेको शक्ति हो—पूर्व मन्त्री अर्याल

  • गोपाल जिटी
  • सोमवार, भाद्र २५ २०८०


  • महिला भनेको शक्ति हो—पूर्व मन्त्री अर्याल

    भदौ २५,वालिङ । 
    महिला भनेको राष्ट्रको शक्ति भएको नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री  पद्मा अर्यालले बताउनु भएको छ । अखिल नेपाल महिला सँघ स्याङ्जाले वालिङमा सोमबार आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल सरकारका पूर्व मन्त्रीसमेत रहनुभएकि सचिव अर्यालले महिला भनेको यो देशको शक्ति भएको बताउनुभएको हो । उहाँले राजनीतिक परिवर्तनमा महिलाहरुको अहम भूमिका रहेको इतिहास भएको उल्लेख गर्नुभयो । हिज महिलाहरुलाई घरबाट बाहिर निस्कने वातारण थिएन, हक अधिकारको विषय त परैको कुरा भयो उहाँले भन्नुभयो महिला अधिकार र स्वतन्त्रताका लागि अग्रजहरुले गरेका त्याग र बलिदानीले आज हामी यसरी संगठितरुपमा स्वतन्त्र भएर अगाडि बढन पाएका हौं ।

    IMG_4770.JPG

    images

    अग्रजहरुको सपना र उनीहरुले कोरेको बाटोमा आज हामी हिडिरहेका छौं ।  तिनै अग्रजहरुको सम्मान गर्दै थप अधिकारका लागि आ—आफ्नो ठाउँबाट लाग्नुपर्ने सचिव अर्यालले औंल्याउनुभयो । इज्जत र सम्मानकासाथ बिभिन्न संगठनमा नेतृत्व गर्दै सांसद, मन्त्री र राष्ट्रपतिसमेत हुने ठाउँमा पुगेका छों यो हाम्रो सफलता हो उहाँले भन्नुभयो । जीवनको समृद्धि अबको अभियान भएको सचिव अर्यालको भनाई छ ।

    IMG_4893.JPG

    हामी अगाडि बढ्दैछौं, फड्को मार्दैछौ, हिजका नारी घरभित्र सीमित थिए भने आज बाहिर सम्पूर्ण क्षेत्रमा सक्रीय भएर काम गरिरहेको उहाँले औंल्याउनुभयो । पितृ सत्तात्मक सोंच पुरुषमा मात्र होइन महिलामा पनि भएको भन्दै सचिव अर्यालले सबैभन्दा पहिला सों बदल्न आवस्यक छ । सोंच बदल्न सकिन्छ, विचार बदल्न सकिन्छ र मात्र परिवर्तन सम्भव हुने उहाँले उल्लेख गर्नुभयो । हाम्रो अन्तिम गन्तव्य भनेको पुरुष समान ढङ्गले प्रतिस्पर्धा गरेर अगाडि बढने  भएको भन्दै सचिव अर्यालले समाजमा सह अस्तित्व कायम गर्ने र मरेर जाँदा पनि सबैले सम्झिने खालका काम गर्नुपर्ने व्यक्त गर्नुभयो । तीजलाई परम्परागत पर्वकासाथै शसक्तिकरणका साथै महिलालाई अगाडि बढाउने चाडकारुपमा लिनुपर्ने सचिव अर्यालको भनाई छ । 

    IMG_4902.JPG

    IMG_4807.JPG

    IMG_4931.JPG

    सोमवार, भाद्र २५ २०८००७:२६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend