Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा शान्ति ¥याली

वालिङमा शान्ति ¥याली

  • गोपाल जिटी
  • बिहिवार, आश्विन ४ २०८०


  • वालिङमा शान्ति ¥याली

    स्याङ्जाको वालिङमा शान्ति ¥याली गरिएको छ । आत्मज्ञान प्रचार संघ वालिङले विश्व शान्ति दिवसका अवसरमा बिहिबार ¥यालीको आयोजना गरेको हो । 
    संघको वालिङ केन्द्रले भूम्रे, भकुण्डे, मिर्दी, रामबाच्छालगायत वालिङका मुख्य बजारहरुमा शान्ति सम्बन्धी भनाइ लेखिएका प्लेकार्डसहित ¥याली निकालेको थियो । जुन शान्ति हामीभित्र छ त्यो सम्भव छ, सबै मानिसको हृदयमा शान्ति छ, शान्ति शब्द मात्र होइन अनुभव गर्ने चीज हो, मानिसले खोजेको शान्ति प्रत्येक मानिस भित्र छ, जुन सम्भव छ लगाएत शान्ति सम्बन्धी भनाइहरु प्लेकार्डमा उल्लेख गरिएको थियो । 
    शान्ति ¥यालीमा छाङ्छाङ्दी, भीरकोटको बयरघारी र बगरे बजार, जिल्ला सदरमुकाम स्याङ्जालगाएतका केन्द्रको समेत सहभागिता रहेको संघको वालिङ केन्द्रका ¥याली संयोजक चेत बहादुर थापाले जानकारी दिनुभयो । संयोजक थापाले हामी शान्ति चाहन्छौं, शान्ति हामी भित्रै छ जुन सम्भव छ भन्ने सचेतना फैलाउने उद्देश्यले विश्व शान्ति दिवसका अवसरमा ¥यालीको आयोजना गरिएको बताउनुभयो । 
    हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ ।
    यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।
    संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो । नेपालमा २०६५ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो । 

    बिहिवार, आश्विन ४ २०८००५:२३:२९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend