Logo

शनिवार, कार्तिक १ गते २०८३

images

उपकार सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन आश्विन २९ र ३० गते हुने

उपकार सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन आश्विन २९ र ३० गते हुने

  • गोपाल जिटी
  • सोमवार, आश्विन ८ २०८०


  • उपकार सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन आश्विन २९ र ३० गते हुने

    असाेज ८ वालिङ ।  स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन आश्विन २९ र ३० गते हुने भएको छ । सोमबार पत्रकार भेटघाट गरी ३१ औं साधारणसभा तथा नवौं अधिवेशन आश्विन २९ र ३० गते हुने सहकारीले जानकारी गराएको हो ।
    सोमबार संस्थाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संहकारीका कार्यबाहक अध्यक्ष लक्ष्मीपति पौडेलले संस्थाको पारदर्शिताका र शेयर सदस्यहरुलाई संस्थाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार भेटघाटको आयोजना गरिएको बताउनुभयो ।
    सहकारीले वालिङ, बायँटारी, केवरे, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मीमा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको छ । आश्विन २९ गते सबै सेवाकेन्द्रमा साधारणसभा गरिने छ । सबै सेवाकेन्द्रको प्रतिनिधिमूलक उपस्थितिमा संस्थाको मुख्य कार्यालय वालिङमा ३० गते साधारणसभा सम्पन्न गरिने कार्यक्रम रहेको छ । ३० गते नै नवौं अधिवेशन गरिने कार्यवाहक अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
    साधारणतया सहकारी संस्थाहरुले पुस महिनामा साधारणसभा गर्ने परिपार्टी रहेका बेला उपकारले भने असोजमै आफ्नो साधारण सभा तथा अधिवेशनको अन्त्य गर्ने भएको हो । यही मंसिर ७ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेकाले पनि कार्यकाल सकिँन २ महिना अगावै अधिवेशन मार्फत नयाँ नेतृत्व निर्वाचित गर्ने तयारीमा सहकारी रहेको हो ।
    सहकारीले आगामी अधिवेशनमा उम्मेदवार बन्न चाहने शेयर सदस्यहरुका लागि पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम अनिवार्य गरेको संस्थाका कार्यवाहक अध्यक्ष पौडेलले बताउनुभयो ।
    उहाँले भन्नुभयो—संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिमा उमेदवार बन्नका लागि पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम अनिवार्य लिएको हुनुपर्ने व्यवस्था भए बमोजिम तालीम लिनुपर्ने छ । तालीममा सहभागिताको लागि शेयर सदस्यहरुलाई एफ एम रेडियो तथा स्थानीय टेलीभीजनका साथै संस्थाको कार्यालय मार्फत सूचना पुर्याउने काम गरिएको पौडेलले बताउनुभयो । तालीमको सहजिकरण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कुन ) ले गर्ने छ ।
    २१ करोड तरलता रहेको सहकारीको लगानी ४७ करोड ७७ लाख ६४ हजार ६ सय १० रहेको छ ।  कूल ८२ करोड २ लाख ८ हजार ३ सय ३३ कारोबार गरेको संस्थाको सदस्यहरुको बचत ६२ करोड ६० लाख १३ हजार ४ सय ६ रहेको छ । यसैगरी संस्थाको अधिकृत शेयर पुँजि २० करोड रहेको छ भने चुक्ता शेयर पूँजि ७ करोड ६९ लाख ५३ हजार ८ सय रहेको छ ।
    देशमा आएको वित्तीय सङ्कटका कारण व्यवसायीहरु आर्थिक सङ्कटमा परेर यस वर्ष भाखा भित्र व्याज र किस्ता चुक्ता गर्न बाँकि रु. ५ करोड १५ लाख ७३ हजार ९ सय ९० ऋण नोक्सानी कोषको व्यवस्था गरिएको संस्थाका कार्यवाहक अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
    वित्तीय सङ्कटका बावजुद पनि सहकारीले ६१ लाख ११ हजार ३ सय ९४ रुपैयाँ ६४ पैसा खुद खुद नाफा गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो ।३ हजार ९ सय १९ महिला र ३ हजार ८ सय ७८ पुरुष तथा १७ संस्थागत गरी ७ हजार ८ सय १४ शेयर सदस्य रहेको सहकारीमा बाल बचतकर्ता १ हजार ७ सय २१ रहेका छन् ।
    २०५० सालमा स्थापना भएको सहकारी गण्डकी प्रदेशकै ठुलो र व्यवस्थापकीय राम्रो रहेको सहकारी मानिन्छ ।

    सोमवार, आश्विन ८ २०८००९:४२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend