स्याङ्जाको वालिङमा गौमुत्र वितरण गरिएको छ । शनिबारदेखि सुरुहुने सोह« श्राद्धलाई लक्षित गरी एक कार्यक्रमकाबीच बिहिबार वालिङ बजार क्षेत्रमा गौमुत्र वितरण गरिएको हो । वालिङ नगरपालिका वडा नम्वर ८ काफलडाँडास्थित धुनि शिवालय गुठी गौशाला आश्रमले गौमुत्र वितरण गरेको हो ।
वालिङ क्षेत्रका टोल टोल र घरहरुमा गौमुत्र र गोबर पु¥याइएको छ । गौमुत्र र गोबर वितरण गर्दै विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य एवम् भागवत अलङ्कार पण्डित नेत्र पराजुलीले सोह« श्राद्धमा आवश्यक पर्ने गौमुत्रको अभाव नहोस भनेर वितरणमा लागिएको बताउनुभयो ।
आफ्ना पित्रृहरुलाई श्रद्धापूर्वक अर्पण गरिने विधिलाई श्राद्ध भनिन्छ, उहाँले भन्नुभयो—सोह« श्राद्धका बेला सबै पितृहरु यहाँ उपस्थित हुन्छन्, उनीहरुको उद्धारका लागि गो प्रदत्त वस्तु पञ्चकव्य आवश्यक पर्दछ । जुन गाईको दूध, गाईको गहँँत, गोबर, गाईकै घिउ र दहीबाट बनाइने पञ्चकव्य हामीले प्रास्चन गरेरमात्रै धार्मिक कार्यमा अगाडि बढ्न सकिन्छ भन्ने शास्त्रीय मान्यता हो । भागवतालङ्कार पं.पराजुलीले शरीरको स्वस्थताका निमित्त वैज्ञानिक हिसावले पनि प्रास्चन गरेपछि हाम्रा शरीरलाई व्यायाममा राख्नसक्ने शक्ति प्राप्त हुन्छ । त्यसैले यो पञ्चकव्य महत्वपूर्ण छ उहाँले भन्नुभयो । टोल टोलमा मन्दिर तथा घर घरमा गएर गौमुत्र वितरण गरेका छौं यो ग्रहणगरेर आफ्ना पितृहरुको उद्धारमा सबै सहभागी भैदिनुहुन भागवतालङ्कार पराजुलीले अपिल गर्नुभएको छ ।
गाईपाल्ने प्रचलन हराउँदै जानु तर गाई र गाईको मलमुत्र हिन्दु परम्परामा पूजाआजा लगायत पितृकार्यमा नभै नहुनु पछिल्लो समयको सामाजिक समस्या हो । यही समस्यालाई मध्यनजर गर्दै धुनि शिवालय गुठी गौशाला आश्रमले गरेको गौमुत्र वितरणले सहजता ल्याएको छ । यो अभियानसँगै वालिङबासीलाई आबश्यक पर्दा कुनैपनि समय गाई तथा गौमुत्रको अभाव हुन नदिइने गौशाला आश्रमले जनाएको छ ।