Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङलाई साच्चैको वालिङ जस्तो बनाउन प्रतिवद्ध छौं— नगर प्रमुख खाँड

वालिङलाई साच्चैको वालिङ जस्तो बनाउन प्रतिवद्ध छौं— नगर प्रमुख खाँड

  • गोपाल जिटी
  • शुक्रवार, आश्विन १२ २०८०


  • वालिङलाई साच्चैको वालिङ जस्तो बनाउन प्रतिवद्ध छौं— नगर प्रमुख खाँड

    स्मार्ट नगरको अवधारणासहित अगाडि बढेको स्याङ्जाको वालिङलाई साच्चैको वालिङ जस्तो बनाउन प्रतिवद्ध रहेको नगर प्रमुख कृष्ण खाँडले बताउनुभएको छ ।
    कर्णाली प्रदेशका  जनप्रतिनिधिहरुलाई बिहिबार वालिङमा स्वागत गर्दै नगर प्रमुख खाँडले यस्तो बताउनु भएको हो । 
    विकासका लागि सबै एक ठाउँमा उभिन सक्नुपर्छ, यसमा हामी सबै राजनीतिक पार्टी तथा पूर्व जनप्रतिनिधि सँगै भएको उल्लेख गर्दै नगर प्रमुख खाँडले सहमतिका आधारमा काम गरिरहेकाले आज यहाँसम्म आइपुगेको बताउनुभयो । 
    उहाँले भन्नुभयो—“वालिङको योजना नै त्यही हो, विकास कति होला नहोला त्यो एउटा पाटोको कुरा हो,  राजनीतिक सहमतिको कुरामा, राजनीतिबाट माथि उठ्ने कुरामा जनताको समस्या समाधानको कुरामा आज हामी एक ठाउँमा छौं । त्यसैले गर्दा आज हामी यो ठाउँमा आइपुगेका छौ र भोलिका दिनमा अझ सशक्तरुपमा अगाडि बढ्नेछौं, र वालिङलाई साच्चैको वालिङ जस्तो बनाउन प्रतिवद्ध छौं ।”
    के राजनीतिक पार्टी, के पूर्वजनप्रतिनिधि के जनता सबै एक ठाउँमा उभिनसक्यौं भने विकास पक्कै हुन्छ । जुन समृद्ध नेपाल र सुखी नेपालीको नारा छ, त्यो सतहमा मात्र बहेर केही हुनेवाला छैन । देशका ७ सय ५३ वटै पालिकाहरु बलियो हुनुपर्छ र बलियो भयो भने यो नारा स्वतः सफल सावित हुने नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो ।
    स्थानीय तह बलियो बनाउन सकियो भनेमात्र राज्यले चाहेको समृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउन सक्छ । अन्यथा नारा नारामै सीमित रहन्छ । यसको लागि हामी सबै मिलेर जानुको विकल्प नरहेकोमा नगर प्रमुख खाँडले जोड दिनुभयो । 
    यतिबेला सबैभन्दा चिन्ताको विषय पलायन हुनु हो, यो देशकै डरलाग्दो विषय बनेको छ । गाउँबाट शहर बजार झर्ने शहरबाट फेरि विदेश जाने क्रम बढेको छ । यो सबभन्दा खतर्नाक अवस्था आएको उहाँले औंल्याउनुभयो । यसको लागि साझारुपमा लिएर बेलैमा सोचेर अगाडि बढिएन भने पछाडि परिन्छ । 
    कर्णालीदेखि हामीलाई सम्झेर आएकोमा वालिङबासीलाई हौसला मिलेको उहाँको भनाई छ । योसँगै उनीहरुको अनुभव र राम्रा कुराहरु सुन्न पाउँदा केही सिक्ने अवसर मिलेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । 

    शुक्रवार, आश्विन १२ २०८००३:२०:५४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend