गाउँ समाजमा हुने गरेका स—साना झैझगडाका कारण नागरिकहरु जिल्ला धाउनुपर्ने अवस्थालाई स्थानीय पालिकाहरुबाट सम्पादन हुन थालेपछि सहज बनाएको छ । २०७४ को स्थानीय निर्वाचनपछि पालिकाहरुमा नै न्यायिक समिति मार्फत पारिवारिक तथा सामाजिक झैझगडाहरुको सम्पादन हुँदै आएको हो । यसरी स्थानीय स्तरमै मेलमिलापको माध्यमबाट समाधान हुने भएपछि नागरिकहरुमा पनि अवस्य सजिलो गराएको छ ।
यस्तै स्याङ्जाको फेदिखोला गाउँपालिकाबासीहरुका लागि पालिकाको सहजिकरण हुने न्यायिक सम्पादनबाट सन्तुष्ट पारेर पठाउने गरेको उपाध्यक्ष देउकुमारी गुरुङले जानकारी दिनुभएको छ । पालिकाकि उपाध्यक्ष तथा न्यायिक समितिकि संयोजक गुरुङले पालिकाको सहजिकरणमा भएको कामबाट नागरिकहरु सन्तुष्ट भएर जाने गरेका आफ्नो कार्यकक्षमा हामीसँगको कुराकानीमा जानकारी दिनुभएको हो ।
प्राय गरेर घरायसी झगडा, जग्गा सम्बन्धी साँध संधियारमा हुने झगडा, पारिवारिक बेमेललगायतका समस्या लिएर पालिकाबासी आउने गर्छन् । यसमा दुई पक्षको उपस्थितिमा मेलमिलापको माध्यमबाट समाधान गराएर पठाउने गरेको उपाध्यक्ष गुरुङले बताउनुभयो । हामीले एउटाको जीत र अर्काको हार भन्दा पनि दुबैलाई जीतको अनुभूत गराएर पठाउने गरेकाले पनि गाउँबासीहरुमा सन्तुष्टी दिलाएको उहाँको भनाई छ ।
उपाध्यक्ष गुरुङ्ले भन्नुभयो—“धेरैजसो पारिवारिक वेमेलका समस्याहरु बढि आउने गर्छन्, मेलमिलापको माध्यमबाट समाधान गरेर पठाउने गरेका छौं । जग्गाको साँध सँधियारमा नमिलेका विषयलाई पनि दुबै पक्षको उपस्थितिमा सहमति गराएका छौं, हार र जीत भन्दा पनि दुबैलाई जीतको अनुभूत गराउँदै आएकाले प्राय सन्तुष्ट भएर घर जाने गरेको पाएका छौं ।” यसका साथै सम्वन्ध विच्छेदका मुद्दाहरु पनि आउने गरेका छन्, यसमा पनि सकेसम्म मिलाउने प्रयत्न गर्छौं उहाँले भन्नुभयो यस्तो प्रकृतिका एक दुईवटा मुद्दा जिल्ला पठाउनु परेको छ, अन्यथा पालिकाबाटै मिलाउदै आएका छौं ।