Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङका ५ घर परिवार पहिरोबाट प्रभावित

वालिङका ५ घर परिवार पहिरोबाट प्रभावित

  • गोपाल जिटी
  • बुधवार, आश्विन १७ २०८०


  • वालिङका ५ घर परिवार पहिरोबाट प्रभावित

    तीनदिनदेखिको निरन्तरको झरीले वालिङका ५ घर प्रभावित भएका छन् । वालिङ ८ विपीचोक नजिक मियाँलेको जिटी गाउँमाथि रहेका परियार बस्तीका ५ घर परिवार प्रभावित भएका हुन् । बिक्रम, हरि र विवेक परियारको घरको अगाडिको भाग पहिरो खस्दा त्यहि तल रहेका दुई घर मिचेको छ । करिव ४० मिटर माथिबाट खसेको पहिरोेले टिकामायाँ दर्जी र विष्णु दमिनीको घर मिचिएको हो । टिकामायाँको दुईकोठे घर पहिराको माटोले भरिएको छ । यसैगरी विष्णुमायाँको घरको पनि पछाडिको भाग पहिरोले पुरेको छ । बिहान ८ बजेको समयमा पहिरो खसेको थियो । बिहानको समय भएकाले घरका मानिसहरु सुरक्षित रहेका छन् भने घरभित्र रहेका सामानहरु पनि बाहिर निकाल्न सफल भएका छन् । माथिल्लो घरको आँगनसहितको भिरालो भाग सबै पहिरोले बगेको छ ।
    पहिरो प्रभावितका लागि नजिकै रहेको श्रवणकुमार पार्कको भवनमा स्थानान्तरण गरिएको छ । जिल्ला समन्वय समिति सदस्य सरस्वती बगाले, ८ नम्वर वडा अध्यक्ष दामोदर तिवारी तथा वालिङ नगर कार्यपालिका सदस्य युगमायाँ पँगेनीलगायतको सहभागितामा स्थानान्तरण गराइएको हो । 
    यहाँ रहेको बस्ती जोखिमयुक्त भएकाले २०७८ सालमा नगरपालिकाले स्थानान्तरण गर्ने भनेको थियो । अहिलेसम्म पनि काम हुन नसक्दा वर्षेनी वर्षातको समयमा यहाँको परियार बस्तीले सास्ती खेप्नुपरेको छ ।

    बुधवार, आश्विन १७ २०८००६:१८:०१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend