Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कुनै प्रलोभनमा नपरि नागरिकको सेवा गर्नेछु प्रहरी निरिक्षक पौडेल

कुनै प्रलोभनमा नपरि नागरिकको सेवा गर्नेछु प्रहरी निरिक्षक पौडेल

  • PNN Times
  • आइतवार, आश्विन २१ २०८०


  • कुनै प्रलोभनमा नपरि नागरिकको सेवा गर्नेछु प्रहरी निरिक्षक पौडेल

    असोज २१,पर्वत । पर्वतको पैयूँ गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय हुवासमा सरुवा भई आउनु भएका प्रहरि निरिक्षक अर्जुन पौडेलले आफु कुनै प्रलोभनमा नपरी नागरिकको हितमा काम गने बताउनु भएको छ । 

    इलाका प्रहरी कार्यालयमा भएको स्वागत कार्यक्रममा बौल्दै पौडेलले आफु लामो रेसमा हिडेको र भोलिका दिनमा संगठनको कमाण्ड समाल्ने ठाउँमा पुग्नु आफ्नो लक्ष्य भएकाले आफु निष्ठावान भएका काम गर्ने बताउनु भएको हो ।

    images

    कार्यक्रममा पैयूँ गाउँपालिकाका सात वटै वडाका वडा अध्यक्ष,राजनीतिक दलका प्रतिनिधिहरु, स्थानिय व्यावसायीहरु लगायतले पैयूँमा पौडेललाई स्वागत गर्दै यहाको शान्ति सुरक्षा लगायतको विषयमा प्रहरीले गर्नु पर्ने काम कतव्र्य इमानदारीताका साथ गर्न सल्लाह सुझाब दिएका थिए ।  

    पौडेलले ईलाका प्रहरी कार्यालयको तर्फबाट शान्ति सुरक्षामा कुनै कमि हुन नदिने बताउनु भयो । गुल्मी घर भएका प्रहरी निरिक्षक पौडेलको पैयूँमा पाचौँ पोष्टिङ हो । 
      

    आइतवार, आश्विन २१ २०८०१२:१२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend