Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पाल्पा र गुल्मीका पालिका उप्रमुख तथा उपाध्यक्षबीच अन्तरक्रिया

पाल्पा र गुल्मीका पालिका उप्रमुख तथा उपाध्यक्षबीच अन्तरक्रिया

  • PNN Times
  • सोमवार, आश्विन २२ २०८०


  • पाल्पा र गुल्मीका पालिका उप्रमुख तथा उपाध्यक्षबीच अन्तरक्रिया

    पाल्पा र गुल्मी जिल्लाका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुबीच अन्तरक्रिया गरिएको छ । उपप्रमुख तथा उपाध्यक्षहरुबीचको अन्तरक्रियात्मक कार्यक्रम आइतबार रामपुरमा गरिएको हो ।
    प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश र रामपुर नगरपालिकाको आयोजना तथा सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा अभ्यास समूह अन्तरक्रिया भएको हो । 
    कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले पालिकाको प्रमुख वा अध्यक्षको भन्दा उपप्रमुख र उपाध्यक्षको जिम्मेवारी धेरै हुने बताउनुभयो । नगर प्रमुख थापाले न्याय सम्पादन, योजना तथा उपभोक्ता समितिको अनुगमन, बजेट निर्माण, राजश्व परामर्श समिति लगाएत धेरै क्षेत्र हेर्ने जिम्मेवारी उपप्रमुख वा उपाध्यक्षको भएकाले पालिकामा सुशासन कायमका लागि महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । कार्य सम्पादनको महत्वपूर्ण अंग सुशासन भएको उल्लेख गर्दै यसका लागि जानकार र कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो । अभ्यास समूह अन्तरक्रिया कार्यक्रमले एक पालिकाले गरेको काम अर्को पालिकाले जानकारी पाउने भएकाले असल अभ्यासको अनुसरण गर्दै जान आवश्यक रहेको औंल्याउनुभयो ।
    कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापाले पाल्पा र गुल्मीका स्थानीय तहले असल अभ्यास आदान प्रदानका लागि गरेको यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको व्यक्त गर्नुभयो । आवश्यकता अनुसारको कार्यक्रमले कार्य सम्पादन र पालिकाको सुशासनमा सघाउ पुगेको उप प्रमुख थापाको भनाई छ । 
    कार्यक्रममा बार्षिक योजना तथा बजेट निर्माण , बजेट तथा योजना तर्जुमाका आधार , योजना तर्जुमा प्रक्रिया , श्रोत परिचालन लगाएतका विषयमा छलफल भएको थियो ।  कार्यक्रमको सहजिकरण प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठानका क्षमता विकास विज्ञ बलराम शर्मा र सुशासनका लागि क्षमता विकास कार्यक्रमका प्रदेश संयोजक निराजन सुवेदीले गरेका थिए । 

    सोमवार, आश्विन २२ २०८००८:३०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend