Logo

शनिवार, कार्तिक १ गते २०८३

images

परिवार, समाज अनि टोल व्यवस्थापन पहिलो हो—उपाध्यक्ष थापा

परिवार, समाज अनि टोल व्यवस्थापन पहिलो हो—उपाध्यक्ष थापा

  • गोपाल जिटी
  • शनिवार, कार्तिक ११ २०८०


  • परिवार, समाज अनि टोल व्यवस्थापन पहिलो हो—उपाध्यक्ष थापा

    स्याङ्जाको आँधिखोला गाउँपालिकाकि उपाध्यक्ष सीता थापाले पहिला घर गाउँको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । हामीले एकैचोटी ठूला योजना ताक्नुभन्दा पनि घर, गाउँ समाजहुँदै टोलको व्यवस्थापनबाट बिकासको थालनी गर्नुपर्छ । आफ्नो कार्यकक्षमा कुराकानी गर्दै उपाध्यक्ष थापाले हाम्रो काम गराइबाट सन्तुष्ट नभएर नागरिकहरुले गुनासो गर्नु स्वभाविक भएको व्यक्त गर्नुभयो । यसमा नागरिकले बुझेनन् भन्नुभन्दा पनि बुझाउन सकिएन भनेर चिन्ता मान्नु पर्ने अवस्था छ । परिवार, समाज, टोल व्यवस्थापन पहिलो हो र मात्र परिवर्तन सम्भव छ ।
    उपाध्यक्ष थापाले भन्नुभयो—“सबैभन्दा पहिला त घरका मानिसले बुझ्न सक्नुपर्छ, त्यसपछि गाउँ र समाजले बुझ्ने हुन आवश्यक छ । यसको जिम्मा हामी जनप्रतिनिधिको हो, हामीले बुझाउन र आवश्यकतालाई प्राथमिकिकरण गर्न नसक्दा गुनासो आउने गरेको हो । यसरी तल्लोतहको व्यवस्थापन गर्न सक्यौं भने मात्र हामीले चाहेको परिवर्तन सम्भव छ ।”
    आँधिखोला पालिकाको मुख्य आधार कृषि हो, त्यसैले कृषिजन्य उत्पादनलाई प्राथमिकतामा पारेर पालिका अगाडि बढेको उपाध्यक्ष थापाले औंल्याउनुभयो । पालिकाको १ नम्वर वडालाई मकैको बीउ उत्पादन क्षेत्रकारुपमा विगतका वर्षदेखि विकास गर्दै आइएको छ । किसानहरुले उत्पादन गरेको मकैको बीउ पालिकालाई पुगेर बाहिर बिक्रि गर्दै आइएको उहाँले उल्लेख गर्नुभयो । किसानहरुको उत्पादन बिक्रिका लागि पालिकाले समन्वय गर्दै आएको छ । हरेक वडामा किसानहरुको समूह बनाई सुन्तला तथा बाख्रा पकेट क्षेत्र, पशुपालन र तरकारी उत्पादनमा जोड दिइएको उपाध्यक्ष थापाले जानकारी दिनुभयो । 
    यसैगरी पालिकामा हुदै आएको न्याय सम्पादन कार्य निकै प्रभावकारी बनेको छ । विशेषगरी पारिवारिक वेमेल, साँध सँधियार, लेनदेनलगायतका समस्या पालिकामा आउने गर्छन् । क्षेत्राधिकारभित्रका न्याय सम्पादनबाट नागरिकहरुलाई सन्तुष्ट पारेर पठाउने गरेको उहाँको भनाई छ । पालिकामा हुने न्याय सम्पादनले घर परिवारमा हुने स—साना झैझगडाका कारणले पनि जिल्ला धाउनुपर्ने झण्जटबाट मुक्त गराएको छ । यसरी पालिकामा मेलमिलापको माध्यमबाट समस्या समाधान हुनेभएपछि नागरिकहरुमा पनि खुसी मिलेको आफूलाई महसुस गराएको उपाध्यक्ष थापाले व्यक्त गर्नुभयो । 

    शनिवार, कार्तिक ११ २०८००८:३७:४२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend