Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कृषि उपज भण्डारण गर्न कृषकहरुलाई आग्रह

कृषि उपज भण्डारण गर्न कृषकहरुलाई आग्रह

  • PNN Times
  • सोमवार, कार्तिक १३ २०८०


  • कृषि उपज भण्डारण गर्न कृषकहरुलाई आग्रह

    पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कृषि उपज भण्डारण गर्न कृषकहरुलाई आग्रह गर्नुभएको छ ।
    आइतबार शीत भण्डार खुल्ला गर्दै नगर प्रमुख थापाले सञ्चालनको पहिलो वर्षमा प्राविधिक त्रुटीका कारण शीत भण्डारमा केही समस्या देखिए पनि अहिले त्यस्तो समस्या नरहेको भन्दै ढुक्कका साथ कृषि उपज भण्डारण गर्न कृषकहरुलाई आग्रह गर्नु भएको हो । कृषक तथा उपभोक्ताले राखेको आलु निकाल्नका लागि शीत भण्डार एक हप्तालाई खुल्ला गरिएको छ । 
    भण्डारण क्षमता धेरै भए पनि पर्याप्त मात्रामा कृषि उपज भण्डारण हुन सकेको छैन । कृषि उपज भण्डारणका लागि नगरपालिकाले शीत भण्डार निर्माण गरे पनि पर्याप्त मात्रामा राख्न नसक्नु दुखद् भएको उहाँको भनाई छ ।
    यस क्षेत्रका कृषकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गरी शीत भण्डार सञ्चालन गरिएको हो । उत्पादनमा वृद्धि ल्याई उत्पादित बस्तु शीत भण्डारमा भण्डार गरी ढुक्क हुन नगर प्रमुख थापाको किसानहरुलाई अनुरोध गर्नुभयो ।
    रामपुर नगरपालिका र स्थानीय सुर्योदय कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा शीत भण्डार संचालनमा ल्याइएको हो । 

    सोमवार, कार्तिक १३ २०८००२:४९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend