Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आँधिखोलाका किसानहरु उद्यमी बन्दै

आँधिखोलाका किसानहरु उद्यमी बन्दै

  • गोपाल जिटी
  • शुक्रवार, कार्तिक १७ २०८०


  • आँधिखोलाका किसानहरु उद्यमी बन्दै

    स्याङ्जाको आँधिखोला गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएसँगै किसानहरु उद्यमी बन्दै आएका छन् । पालिकाले ल्याएको किसान प्रोत्साहन कार्यक्रम तथा सिंचाई व्यवस्थापनले उद्यमी बनाउन टेवा पु¥याएको हो । 
    यसैबीच वडा नम्वर ५ ले टोल विभाजन गरेर वडा सदस्यसहित गाउँबासीमाझ पुग्ने गरेको छ । वडाले गाउँ टोलमा भएका समस्याका बारेमा जानकारी लिने दिने गर्दै आएको अध्यक्ष कृष्णप्रसाद पनेरुले जानकारी दिनुभएको छ । वडा सदस्यहरुलाई भेटघाटका लागि पठाउने गरेको र आवश्यकताको पहिचान गरी प्रोत्साहनका कार्यक्रम अगाडि बढाउँदै आएको अध्यक्ष पनेरुले व्यक्त गर्नुभयो ।
    आफ्नो कार्यकक्षमा हामीसँग कुराकानी गर्दै वडा अध्यक्ष पनेरुले हामी कृषिमा आश्रित छौं, त्यसैले कृषि उद्यम बिकासका लागि कहाँ के समस्या छ ? भनी टोलबासीहरुको बीचमा पुग्ने गरेको उल्लेख गर्नुभयो । 
    उहाँका अनुसार किसानहरुले मकै, धान, तरकारी र फलफूलका बीउ तथा बिरुवा उत्पादनलाई जोड दिदै आएका छन् । वडाले पनि माग र आवश्यकताका आधारमा अनुदानमा हाते टे«क्टर उपलब्ध गराई प्रविधिसँग जोडिएको छ । यसकासाथै माग अनुसार टनेलकोसमेत व्यवस्थापन गरिएको छ । जसका कारण किसानहरु व्यावसायी बन्ने क्रममा वृद्धि हुँदै आएको अध्यक्ष पनेरुले भन्नुभयो ।
    बाख्रापालक किसानहरुको समूह बनाएर पकेट क्षेत्रकारुपमा बिकास गरिएको छ । ५ वटा माउ बाख्रा पाल्नेहरुलाईसमेत बाख्रापालक समूहमा समेटिएको छ । यसैगरी कुखुरापालनमा पनि कृषकहरु व्यावसायिक उत्साह देखिएको छ । योसँगै वडाबासीको आवश्यकता पूरा गरेर आफ्ना उत्पादन बाहिर बिक्रि गर्न किसानहरु सफल भएका छन् । 
    खेतिपातीका लागि सिंचाई पहिलो आवश्यकता हो । यस वडामा सिंचाईको सुविधा राम्रो गरिएको अध्यक्ष पनेरुको भनाई छ । वडामा बिभिन्न योजनाहरु सम्पन्न भई सिंचाईको व्यवस्था गरिएको छ भने केही सम्पन्न हुने क्रममा छन् । उहाँका अनुसार कुन्ती सिंचाई योजना, ढाँडिखेत बकररुप, तल्लो उपल्लो सिंचाई योजना, मजुवा सिंचाई योजनालगायतका सम्पन्न भई सञ्चालनमा आएका छन् । यसैगरी रुमुवा बाँसकोट टोलमा सिंचाईका लागि ६० लाख लिटरका दुईवटा पोखरी निर्माण गरिएको छ । बाँकि रहेको असिमुरे सातविसे खौरेटा सिंचाई योजना अन्तर्गत ५० लाखको काम भैसकेको छ भने बाँकि ५० लाखको काम पनि यसैवर्ष हुने अध्यक्ष पनेरुले बताउनुभयो । योसँगै तरकारी तथा फलपूmल क्षेत्रका किसानहरुलाई उत्साही बनाएको छ ।
    अन्य स्थानमा जस्तै यहाँ पनि बाँदरको विगविगीले किसानहरु चिन्तित छन् । बाँदर नियन्त्रणका लागि काम नलाग्ने झाडी फडानीलाई जोड दिइएको अध्यक्ष पनेरुले उल्लेख गर्नुभयो । 

    शुक्रवार, कार्तिक १७ २०८००३:५५:४१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend