Logo

आइतवार, कार्तिक २ गते २०८३

images

पर्वतको १ जनालाई कालीगण्डकी नदिले बगायो

पर्वतको १ जनालाई कालीगण्डकी नदिले बगायो

  • PNN Times
  • शुक्रवार, कार्तिक १७ २०८०


  • पर्वतको १ जनालाई  कालीगण्डकी नदिले बगायो

    १७ कार्तिक, पर्वत । पर्वतको बिहादी गाउँपालिकाबाट सेतिबेनीमा कालीगण्डकी नदिमा नुहाउन गएका एकै परिवारका ४ जनालाई कालीगण्डकी नदिले बगाउँदा १ जनाको मृत्यु भएको छ ।

    तीन जिल्लाको संगमस्थल सेतिबेनी सिला दर्शन गर्ने क्रममा बच्चालाई नदिले बगाएपछि बच्चालाई उद्दार गर्न जादा २५ बर्षिया आमाको रितु भट्टराईको मृत्यु भएको छ भने ४ बर्षिया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिए ।

    images

    बच्चालाई नदिले बगाए लगत्तै उद्दार गर्न पुगेकी आमाको घटना स्थलमै मृत्यु भएको थियो भने बच्चाका बुवा र बच्चाका सानी आमालाई तत्कालै उद्दार गरिएको प्रहरीले जनाएको छ । बच्चाका बुबा र सानीआमाको अवस्था सामान्य छ भने बच्चाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

    शुक्रवार, कार्तिक १७ २०८००५:४०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend